×

NMB BANK
NIC ASIA

सरकारी अस्पतालको बेथिति

मन्त्री फेरिएसँगै फेरिन्छन् कोशीका मेसु, ५ महिना पनि टिक्दैनन्

फागुन ३, २०७९

NTC
Premier Steels

बिरामीको उपचार गर्ने कोशी अस्पताल राजनीतिले आफै बिरामी पर्न थालेको छ ।

Muktinath Bank

पाँच महिना नहुँदै मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुने गरेका छन् । मन्त्री परिवर्तन हुन साथ त्यसको असर अस्पतालमा देखिने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक दबाबका कारण पाँच महिनामै डा.लक्ष्मीनारायण यादवलाई हटाएर डाक्टर रविराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी तोकिएको छ ।


Advertisment
Nabil box
Kumari

आइतबार बसेको प्रदेश मन्त्रिस्तरीय बैठकले सिंहलाई मेसु बनाएको हो । उनी कोशीका जुनियर डक्टर हुन् ।

Vianet communication

११ औँ तह हुनुपर्ने भए पनि १० औँ तहलाई मेसु तोकिएको हो ।

यसअघि भदौ १६ गते अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसुमा नियुक्त भएका थिए ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले उनलाई मेसुमा नियुक्त गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका मोरङका नेताका दबाबमा उनलाई नियुक्त गरिएको थियो ।  

उनी वरिष्ठ फिजिसियन डाक्टर हुन् । लक्ष्मीभन्दा अगाडि पनि १० औँ तहकै यज्ञराज खरेल मेसुमा नियुक्त भएका थिए । उनले करिब ६ महिना प्रशासनिक नेतृत्व समालेका थिए । 

स्वास्थ्य तथा जनसख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताहरूको दबाबका कारण जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पतालभित्र पनि ११ औँ तहका डक्टरहरू असन्तुष्ट भएका छन् ।

अस्पतालमा दुई जना ११ औँ तहका चिकित्सकहरू कार्यरत छन् ।  डा. दीपक सिग्देल र डा. रामनारायण चौधरी ११ औ तहका चिकित्सक हुन् ।

जुनियरलाई मेसुमा नियुक्त गर्ने प्रचलन बढ्दै जाँदा सिनियरहरू भने असन्तुष्ट हुने गरेका छन् ।

राजनीतिक  दबाबकै कारण मेसु नियुक्त गर्ने परिपाटीले प्रदेश १ कै पुरानो अस्पताल आफै थला पर्न थालेको डक्टरहरू बताउँछन् । 

२०७६ साल यता मात्रै ६ जना मेसु परिवर्तन भएका छन् ।

२०७६ अघि हालका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन खड्का  कोशी अस्पतालका मेसु थिए ।

उनको २०७६ भदौ १ गते स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा.गुणराज लोहनीलाई मेसुमा नियुक्त गरेका थिए । लोहनी ४ महिना पुरा नगर्दै मेसुबाट हटेका थिए ।

लोहनीपछि डाक्टर संगीता  मिश्र  मेसु बनेर आइन् । उपेन्द्रपछि स्वास्थ्य मन्त्री बनेका  भानुभक्त ढकालले संगीतालाई हटाएर डाक्टर चुमनलाल दासलाई मेसुमा नियुक्त गरे ।

संगीताले पनि ५ महिना मात्रै प्रशासन प्रमुख भएर काम गर्ने मौका पाएकी थिइन्  । 

दासलाई २०७७ असार १ गतेदेखि मेसु पदमा जिम्मेवारी प्रदान गरिएको थियो  । दासले भने झन्डै २० महिना प्रशासन प्रमुख भएर काम गरे ।

भानुभक्तपछि स्वास्थ्य मन्त्री बनेका विरोध खतिवडाले डाक्टर यादवराज खरेल मेसुमा नियुक्त गरेका थिए ।

२०७८ फागुन ५ गते उनले खरेललाई नियुक्त गरेका हुन् ।

भानुभक्त ढकाल मन्त्री भएका बेला कोशी अस्पताल विकास समितिमा एमालेका महेश प्रसाद भट्टराईको अध्यक्षतामा समिति बनाएको थियो । खतिवडाले फेरि अर्को समिति बनाएका थिए ।

पुरानो समिति अदालत गएको थियो । अदालतले भट्टराई नेतृत्वको समितलाई मान्यता दिएपछि मेसु र समितिबीच दूरी बढ्दै गएको थियो । 

विवादले लामो समयसम्म बैठक बस्न सकेको थिएन । अस्पतालको प्रशासनिक काममा नै असर गर्न थालेपछि तत्कालीन मेसु खरेलले बैठक राखेका थिए ।

अस्पतालकै डक्टरले बैठक बसेको माइन्युट नेकपा एकीकृत समाजवादीका नेतालाई फोटो खिचेर पठाइ दिएपछि उनलाई मेसुबाट हटाइएको थियो । 
 

बैठक नराख्ने शर्तमा स्वास्थ्य मन्त्री भवानी खापुङले लक्ष्मी नारायणलाई मेसु बनाएका थिए ।

अस्पताल विकास समितिको बैठक नबसेपछि अस्पताल विकास समितिले राखेका कर्मचारीलाई जागिर खुवाउनसमेत समस्या भएपछि मन्त्री खापुङलाई भेट्न यादव काठमाडौँ गएका थिए । कसैलाई खबर नगरी उनी काठमाडौँ गएका थिए ।

खापुङले पनि मंसिर ५ गते सुटुक्क बैठक बस्न भनेका थिए । ४ गते चुनाव हुन्छ भोलिपल्ट नै बैठक बसेर अस्पतालका समस्या समाधान गर्न भनेको खापुङनिकट स्रोतले जनाएको छ ।

तर उनले पनि बैठक राख्न सकेनन् ।

मेसु र अस्पताल विकास समितिबीच तनापकैबीच लक्ष्मी नारायण पनि मेसुबाट हटेका थिए । स्वास्थ्य मन्त्री पदम गिरीले पनि एमाले मोरङका नेताहरूको दबाबमा सिंहलाई मेसु पदमा नियुक्त गरेका हन् भन्ने बुझिएको छ ।

जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पतालभित्र यतिबेला विवाद सिर्जना भएको छ।

राजनीतिक लाइन नमिल्दा अस्पताल विकास समिति र प्रशासन प्रमुखबीच बोलचालकै अवस्थासमेत बन्द हुन थालेको बताइन्छ।

कोशी अस्पताललाई नेपालकै पुरानो अस्पताल भनेर पनि चिन्ने गरिएको छ

१९२७ सालमा मोरङ रंगेलीमा स्थापना गरिएको यो अस्पताल । १९७१ सालमा जिल्लाको सदरमुकाम विराटनगर सार्दा अस्पताल पनि विराटनगर सारिएको थियो । त्यो भन्दा अगाडि मोरङको सदरमुकाम रंगेलीमा थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x