×

NMB BANK
NIC ASIA

पत्नीलाई घुमाउन अर्कै गाउँ लगेर हत्या, शवबाहन खोज्दा खुल्यो पोल !

फागुन ८, २०७९

NTC
Premier Steels

विराटनगर महानगरपालिका–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनुवार साहको हत्या उनकै पति २९ वर्षीय रमेश साहले गरेको खुलेको छ ।

Muktinath Bank

पारिवारिक सम्बन्धमा आएका खटपटको कारणले हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले बताए । थप २ जना सहयोगीसँग मिलेर हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले हत्या आरोपमा पति साहसहित मोरङको कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द राम र  ३५ वर्षीय उमेश सरदारलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।  


Advertisment
Nabil box
Kumari

हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमवार दिउँसो १२ बजेतिर फेला परेको थियो ।

Vianet communication

घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।  घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

प्रियंकाकोे माइतीघर भारत हो । उनका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । घरमा पतिपत्नीको सम्बन्धनमा खटपट हुने गरेको प्रहरीले जनाएको छ । 

आइतवार घुम्ने बहानामा रमेश पत्नी प्रियंकालाई लिएर बुढीगंगा गाउँपालिका–२ अमाहीस्थित नर्सिङ चौधरीको घरमा मोटरसाइकलमा पुगेका थिए । उनका साथमा थिए रमानन्द राम र उमेश सरदार । रमानन्दका दाइका साथी हुन् घरधनी नर्सिङ । रमानन्दको माध्यमबाट रमेश पत्नीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

अमाहीमा ६० वर्षीय चौधरी, उनकी पत्नी र २४ वर्षीय छोरा मात्र बसोबास गर्दै आएका थिए । आइतवार दिउँसो करीब २ बजेतिर घरमा नर्सिङ मात्रै थिए । त्यही बेलामा रमेश पत्नी र अन्य २ जनालाई ल्याएर त्यहाँ पुगेका थिए । ‘घरमा पुगेपछि रमानन्दले नर्सिङलाई हावा खाना भन्दै गाउँतिर पठाइदिए । घरभित्रको कोठामा रमेश र प्रियंका बसे । त्यही बेला दुवैबीच विवाद सिर्जना भयो । घाँटीमा तन्ना बेरेर हत्या गरेको आरोपीले स्वीकार गरेका छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लास्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाएका रहेछन् ।’ 

आइतवार राति ११ बजे कोशी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम शव बोक्ने गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लाश बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरूले पनि कोशी अस्पतालभित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने तर लाश अस्पतालभन्दा बाहिर बुढीगंगा गाउँपालिका–२ को एउटा घरमा रहेको भनेपछि सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले रामलाई राति नै नियन्त्रणमा लियो । उनले शुरूमा ढाँटे । मानसिक रूपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लाश व्यवस्थापन गर्नुपर्ने भने, त्यसपछि प्रहरीले महिलाको हत्या भएको सूचना पायो ।

विराटनगर–१९ की प्रियंका सुनुवारको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो । त्यही शवलाई व्यवस्था गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x