×

NMB BANK
NIC ASIA

सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभावी बोल्नु हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल

फागुन १२, २०७९

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभाबी बोल्न नहुने बताएका छन् । शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेबाररुपमा चर्को र जथाभाबी बोल्न नहुने कुरा बताएका हुन् ।  

Muktinath Bank

'हामीले हुललाई खुशी पार्नको लागि व्यवहारिक रुपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ',  उनले भने। उनले व्यवसायी साथीहरुले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे । ‘तपाई हामीले चुनावमा भोटका लागि यस्ता मीठा मीठा कुरा त गरौँला । तर भोलि यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ’, उनले भने। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याहरूले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब विस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे । 
“अर्थतन्त्र अफ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ,” उनले भने, ‘विस्तारै धेरै कुरामा सुधार देखिन सुरुभएको छ । हामी व्यवसायीको जस्तोसुकै अफ्ठ्यारो परिस्थितिमा पनि किन्चित नहडबडाइ निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निरास हुनुहुँदैन । नैरश्यताले हामी आफैलाई नै समस्यामा पार्छ ।’ 


Advertisment
Nabil box
Kumari

आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैंकको ब्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए ।

Vianet communication

‘धेरै व्यवसायी साथीहरुलाई के भ्रम रहेको छ भने म वा कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने ब्याजदर घट्न सक्छ । यसले त्यसो नगरेर यसले बैंकको मात्र पक्षपोषण गरेको छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । म आफैंलाई पनि बैंकको ब्याजदर घट्दा हुने फाइदा मैले बैंकबाट पाउने लाभांशभन्दा धेरै गुणा बढी हुन्छ’, उनले भने । 

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरुको हक, हित र संरक्षणकालागि आफूहरू लागिरहेको र निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे । ‘हामीले हाम्रो निरन्तर प्रयासका बाबजुद धेरै नीतिगत कुराहरूमा सुधार ल्याएका छौ । प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थमन्त्री र गभर्नरज्यूहरुसँगको निरन्तर पैरवी पछि हाम्रा केही मागहरु सम्बोधन भएका छन् । यसकालागि हामी फेरि पनि निरन्तर लाग्ने नै छौँ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x