×

NIC ASIA

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तक्र्रिया

फागुन २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आइतवार संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरूले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गरेका छन् ।

Muktinath Bank

संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको विकास, विस्तार र सुधार कार्यमा परिवर्तन गर्दै लैजाने बताउँदै नेतृत्व तह गम्भीर रूपले लागिपरिरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कामकारवाही, कार्यपद्धति र भावी योजना सम्बन्धमा प्रशिक्षार्थी अधिकृतहरूले राखेको जिज्ञासाबारे प्रस्ट पारेका थिए । मानवस्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको प्रशासनिक कामकारवाही, भर्ना तथा तालिम, सरुवा, बढुवा, कल्याणकारी सेवा सुविधा, यूएन मिशन लगायत सशस्त्र प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकन पद्धतिलाई समेत वैज्ञानिक, पारदर्शी र वस्तुगत ढंगले अगाडि बढाउँदै लैजाने योजना रहेको बताए ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले न्यूनतम स्रोतसाधन र जनशक्तिका बावजुद पनि देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, विपद् उद्धार लगायतका विभिन्न अपरेसनल गतिविधिमा सशस्त्र प्रहरी बल परिचालित हुँदै आइरहेको बताए । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालको तैनाथी, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रण लगायत सीमा सुरक्षासँग सम्बन्धित विविध विषयमा प्रशिक्षार्थी अधिकृतहरूलाई जानकारी गराएका थिए । 

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृतहरूको समेत उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x