×

NMB BANK
NIC ASIA

मकवानपुरमा ३६ हजारबढी भूमिहिन सुकुम्वासी

फागुन २९, २०७९

NTC
Premier Steels

राष्ट्रिय भूमि आयोग मकवानपुरले मकवानपुरमा ३६ हजार बढी भूमिहिन सुकुम्वासी रहेको जनाएको छ । सो आयोगका अनुसार हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० पालिका रहेको मकवानपुरमा ३६ हजार एक सय ६८ भूमिहिन सुकुम्वासी रहेको आयोगले जनाएको छ । 

Muktinath Bank

जिल्लामा आयोग स्थापना भएपछि आयोगले गरेको प्रगतिबारे जानकरी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा मकवानपुरको १० वटै स्थानीय तहमा तीन सय ७९ भूमिहिन दलित, दुई हजार चार सय ६३ भूमिहिन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ अव्यवस्थित भूमिहिन बसोबासी रहेको र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको जानकारी दिइयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहिनको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकाले एक वर्षभित्र नै उनीहरूले लालपूर्जा प्राप्त गर्ने जानकारी दिए । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहिन दलितले लालपूर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अझै त्यहाँको ३० जनाले जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको बताए।


Advertisment
Nabil box
Kumari

आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका  प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा दिइने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहिन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।
 
यसैबीच भूमि अधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x