×

NMB BANK
NIC ASIA

ठगीको बदलिँदो ट्रेन्ड

‘स्टक नेपाल ट्रेडिङ’मार्फत ठगी आतंक : ‘एप’ पठाएर युवा युवतीलाई निशाना !

चैत २, २०७९

NTC
Premier Steels

कैलालीकी २२ वर्षीया सविता (नाम परिवर्तन) मंगलवारदेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वर धाइरहेकी छिन् ।

Muktinath Bank

उपत्यकाको एक कलेजमा स्नातक तेस्रो वर्षमा पढ्ने सविता आफू ठगिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिन पुगेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सातामा आफ्नो ७८ हजार रूपैयाँ ठगिएको उनी बताउँछिन् ।


Advertisment
Nabil box
Kumari

अब प्रश्न उठ्छ, उनी कसरी ठगिइन् ? कसले लग्यो पैसा ? प्रश्नको उत्तर रोचक छ ।

Vianet communication

केही दिनअगाडि उनकी दिदीको इन्स्टाग्राम आईडीमार्फत ‘स्टक नेपाल ट्रेडिङ’ नामको एप्लिकेसनको लिंक शेयर भयो ।

null

एन्ड्रोइड मोबाइलमा इन्स्टल गरेर चलाउन मिल्ने ‘एपीके’ फाइल आएकाले उनले त्यसलाई क्लिक गरिन् । एप इन्स्टल भयो । उनले दिदीलाई म्यासेज गरिन्, कसरी चलाउने ? के गर्ने ? उनलाई अर्को एउटा इन्स्टाग्राम आईडीमा जोडिन आग्रह गरियो । आग्रहबमोजिम उनी ‘विनिता डोनाल्ड’ नामको इन्स्ट्राग्राम आईडीमा जोडिइन् ।

उनलाई त्यो एप्लिकेसनमा कसरी जोडिने भनेर सिकाइयो । पैसा नेपाल बैंक, इसेवा लगायतमा पठाइदिन भनियो । सविताले भनेअनुसार पैसा पठाइन् । 

उनलाई ३ घण्टामा पैसा दोब्बरतेब्बर बढ्छ भनिएको थियो । उनले त्यसको लोभमा पैसा पठाएको लोकान्तरलाई बताइन् । 

‘३ घण्टामा पैसा दोब्बरतेब्बर हुन्छ भनेपछि पैसा पठाएकी हुँ,’ सविताले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘उसले बढेको अमाउन्ट एप्समा देखाइदियो, त्यसपछि त विश्वास लाग्यो नि सर ।’

उनले शुरूमा १० हजार रुपैयाँ लगानी गरेको बताइन् ।

बैंकिङ एप्लिकेसन इसेवा, मोबाइल बैंकिङलगायतमा पैसा राख्न लगाइएको थियो । उनका अनुसार अन्य साथीहरू र आफन्तले पनि त्यसरी नै ‘लगानी’ गरेका छन् । अर्थात्, ठगहरूको जालोमा परेका छन् ।

null

उनले पैसा आउने लोभमा साथीभाइसँग मागेर ७८ हजार रुपैयाँ लगानी गरेकी थिइन् । जब उनको एप्सको खातामा धेरै पैसा देखियो, तब झिक्न खोज्दा पाइनन् । उनले आफ्नी दिदीलाई फोन गरेर सोधिन्, तब उनले केही पनि थाहा नभएको बताएपछि झसंग हुन पुगिन् । त्यतिबेलासम्म उनले दिदीसँग पनि च्याटमै संवाद गरेकी थिइन् ।

पछि थाहा भयो, दिदीको इन्स्टाग्राम अकाउन्ट अर्कैले ह्याक गरेर चलाएको रहेछ । उक्त व्यक्तिले सविताको दिदीकै शैलीमा च्याट गर्ने गरेको थियो ।

null

आफू ठगिएको थाहा पाएपछि उनी प्रहरीमा जाहेरी दिन पुगेकी हुन् ।

उनले इन्स्ट्राग्रामको म्यासेन्जरमा सम्पर्क भएको ‘विनिता डोनाल्ड’लाई पैसा पठाइदिन भन्दा उसले आनकाकी गर्दै अर्कै इमेलमा सम्पर्क गर्न भनिरहेको छ । सविताले ‘तँ स्क्यामर रहेछस्, पैसा फिर्ता गर’ भन्दा अरूले पनि त्यसै भने, म स्क्यामर होइन, अर्को इमेलमा सम्पर्क गर, तेरो पैसा फिर्ता हुन्छ,’ भनिरहेको सविताले लोकान्तरलाई बताइन् ।

उनी अहिले आफ्नो पैसा फिर्ता आउने आशमा प्रहरी कार्यालय धाइरहेकी छन् । पछिल्लो समय नेपाल स्टक ट्रेडिङ नामको एप्लिकेसन पठाएर इन्स्टल गर्न लगाई पैसा ठगी गर्ने गिरोह सक्रिय भएको अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठोरले बताए ।

‘अहिले फेरि एउटा नयाँ एप्लिकेसनको माध्यमबाट ठगी गर्ने गरेको उजुरी हामीकहाँ आइरहेका छन्,’ एसपी राठोरले लोकान्तरसँग भने, ‘युवायुवतीहरूले पैसाको लोभमा लगानी गरिरहेका देखिन्छ ।’

सामाजिक सञ्जालमार्फत उक्त एप व्यक्तिहरूमा पुग्ने गरेको छ ।

काठमाडौंका अर्का एक युवाले आफू सोही एपबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनका अनुसार ४ लाख ठगिएको छ । उनले पनि ‘विनिता डोनाल्ड’ र ‘चाल्र्स डोनाल्ड’ नामको व्यक्तिले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्लो समय स्क्यामरहरूले किप्टोकरेन्सीमा लगानी गरिदिने र त्यसलाई नेपालमा पैसा साट्न नमिल्ने भन्दै आफैं लैजाने गरेको देखिएको छ । 

‘यी स्क्यामरहरूले इसेवालगायका बैंकिङ एपका माध्यमबाट पैसा लैजाने र डिजिटल करेन्सीमा लगानी गर्ने र त्यो नेपालमा अवैधानिक भएकाले त्यसको डर देखाएर आफैं राख्ने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँगको कुराकानीमा भने ।

पैसा माग्नेहरूलाई थर्काउने वा पैसा फिर्ता गरिदिन्छु भन्दै फेरि ठग्ने गरेको देखिएको छ । यसभन्दा अगाडि ‘नेपाली गल्र्स’ नामको एप्लिकेसनबाट पैसा ठगी भइरहेको थियो । त्यो कुरा सञ्चारमाध्यममा आएपछि अर्को एप बनाएर ठगिएको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए । 

‘पछिल्लो समय नयाँ तरिकाको अनलाइन ठगीको ट्रेन्ड चलेको देखिएको छ,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘अनलाइनमा पार्सल पठाइदिने बहानामा ठगी गर्नेको संख्या पनि उत्तिकै संख्यामा छ ।’

उनका अनुसार पछिल्लो समय पैसाको लोभमा १८ देखि २२ वर्षसम्मका युवायुवती बढी ठगिएको देखिएको छ । 

अपराध अनुसन्धान कार्यालमा रहेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६७१ जना पीडितको १२ करोड ३६ लाख ४२ हजार ३५० रुपैयाँ अनलाइन, पार्सल पठाउने, चिठ्ठा परेको भन्ने बाहनामा ठगी भएको छ । त्यसमध्ये ४० जना आरोपी पक्राउ गरेर ३ करोड ७ लाख ५४ हजार ७७६ रुपैयाँ बराबरको ठगी कसूरको बिगोसहित मुद्दा चलाएको छ ।

ठगीको विवरण

nullnull
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x