जेठ २४, २०८०
अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । सामाजिक कथामा बन्न लागेको फिल्मम...
चैत ९, २०७९
हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ ।
झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो ।
शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका थिए ।
गीतकार शंकरले उक्त गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको जानकारी दिए ।
बिहीवार मात्रै रेकर्ड भएको गीतका शब्द शंकरले कोरेका हुन् भने संगीत र एरेन्ज बाबुल गिरीको छ । दिपक लिम्बु र नित्याशिवाको स्वरमा यो गीत रेकर्ड भएको हो ।
शंकरको शब्द, बाबुलको संगीत र स्वर रहेको फिल्मी गीत ‘सिरुपाते जुँगामा’ यतिबेला चर्चामा छ । उक्त गीत हिट भएसँगै उनीहरूबीच पुन: साङ्गीतिक सहकार्य भएको हो ।
‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल गीत फिल्ममा भने समावेश नहुने गीतकार शंकरले बताए ।
‘फिल्मका लागि मानिएको त छ । तर यो गीत एल्बमका लागि भनेर रेकर्ड गरेका हौं’ उनले लोकान्तरसँग भने, ‘गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गर्नेछ ।’
‘सिम्पल सिम्पल कान्छीको’ त्यसबेला निकै रुचाइएको स्मरण गर्दै उनले सिक्वेललाई पनि स्रोता दर्शकले रुचाउने बनाउने प्रयास रहने बताए ।
‘त्यसबेला अहिलेजस्तो युट्युबको जमाना थिएन् । रेडियोमा बजेको भरमा गीत हिट भएको सम्झना छ’ शंकरले भने, ‘आज रेकर्ड भएको यसको सिक्वेल गायक/गायिकाले राम्रो गाउनुभएको छ । राम्रो बन्ने विश्वास छ ।’
भिडियो तयार भएर एक महिनाभित्रमा गीत सार्वजनिक हुने बताइएको छ । गायक दिपक लिम्बुले आफ्नो हिट गीतको सिक्वेलमा स्वर दिन पाउँदा खुशी लागेको र गीत पनि राम्रो रहेको बताए ।
अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । सामाजिक कथामा बन्न लागेको फिल्मम...
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा श्रेष्ठको दाहिने आँखामा भएको मोतीविन्दुको शल्यक्रिया गरिएको हो । डा. सन्दुक रुइत, डा. रीता गुरुङ र डा. ग...
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रवार सार्वजनिक गरिएको छ । यो फिल्म साउने सङ्क्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रव...
लोकप्रिय गायक प्रकाश सपूतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका यी गायकले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपूत&rsqu...
काभ्रेको भकुण्डेबेंसीमा दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । शुक्रवार नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापक...
साङ्गीतिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेल पोखरेल चाँडै बाबुआमा बन्दैछन् । चर्चित संगीतकार अर्जुन र गायिका दुर्गाले केही वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । सामाजिक स...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...