×

NMB BANK
NIC ASIA

चैतका ३ हप्तामा ७ चलचित्र प्रदर्शनमा आउने

चैत १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । २ हप्ता खाली रहे पनि बाँकी ३ हप्ता भने ७ चलचित्र प्रदर्शन हुँदैछन् ।

Muktinath Bank

वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदैछ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । प्रेम र समर्पणमा आधारित चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

‘अहिले समय पाउनै मुस्किल छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ प्रदर्शन हुँदैछन् । फोटो पत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् ।

जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको चलचित्र ‘बहाव’ कलात्मक रहेको निर्देशक कँडेलले जानकारी दिए ।

‘चलचित्र पूर्णरूपमा व्यावसायिक भए पनि यसको प्रस्तुतीकरण भने कलात्मक छ,’ उनले भने । 

सोही समयमा प्रदर्शन हुने चलचित्र ‘प्रसाद २’लाई सुभाष थापाले निर्माण गरेका हुन् । उनले चलचित्रको काम सकिएकाले चैतको अन्तिम साता प्रदर्शन तय गरिएको जानकारी दिए । ‘वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेका थियौं । यद्यपि उक्त समयमा धेरै चलचित्र भएपछि १ हप्ता अगाडि नै प्रदर्शन गर्दैछौं,’ निर्माता थापाले भने, ‘प्रसादको दोस्रो शृंखला भए पनि कथावस्तु फरक छ । गाउँको परिवेशमा पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित छ ।’ 

सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडी लगायत कलाकारले अभिनय गरेका छन् ।

आगामी वैशाख १ गते व्यापार राम्रो हुने आशाले ४ चलचित्र प्रदर्शन हुँदैछन् । ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन गर्ने घोषणा गरेर निर्माण पक्षले प्रचारप्रसार गरिरहेका छन् । ‘नाई नभन्नु ल’को छैटौं शृंखलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी लगायतले अभिनय गरेका छन् ।

‘प्रेमकथाकै निरन्तरता पाउनुहनेछ । दर्शककै मायाले छैटौं शृंखलासम्म आइपुगेका छौं । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौं,’ निर्देशक आचार्यले भने । सोही समयमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शन हुँदैछन् । 

लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् ।

सोही समयमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतले अभिनय गरेका छन् । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु समावेश गरिएको छ ।

वैशाख १ गतेमै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन् । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले यसमा अभिनय गरेका छन् । नयाँ वर्षलाई लक्षित गर्दै ४ चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए ।

‘एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । बिदालाई लक्षित गर्दै २ चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ,’ उनले भने, ‘यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ । यही क्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन् ।’ यसअघि नयाँ वर्षमा २ वा ३ सम्म चलचित्र प्रदर्शन भइसकेका छन् । – भेषराज कार्की/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x