
नवाजुद्दिन सिद्दिकीले आफ्ना भाइ र पूर्वपत्नी आलियाविरुद्ध अदालतमा मानहानिको मुद्दा दायर गरेका छन् ।
अदालतमा दायर गरिएको याचिकामा नवाजले आफूमाथि लगाइएका सबै आरोप फिर्ता लिनुपर्ने र लिखित रूपमा माफी माग्नुपर्ने दाबी गरेका छन् । नवाजले भाइ समसुद्दिन र आलियासँग १०० करोड क्षतिपूर्ति पनि मागेका छन् ।
नवाजुद्दिनको मानहानिको मुद्दाको सुनुवाइ मार्च ३० मा हुने भएको छ ।
नवाजुद्दिनले याचिकामा आफ्नो भाइ र श्रीमती आलियाको बयानले सामाजिक सञ्जाल सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेको बताएका छन् । उनले श्रीमती र भाइले लिखित माफी माग्नुपर्ने बताएका छन्।
नवाजुद्दिनमाथि पत्नी बलात्कारको मुद्दा लागेको छ।
केही सहयअघि आफ्नी आमालाई भेट्न वर्सोवाको बंगला पुगेका बेला उनलाई त्यहाँ भाइ फैजुद्दिनले बाहिरै रोकेर भित्र जान दिएका थिएनन्।
आमाको स्वास्थ्य लगातार बिग्रिँदै गएका कारण नवाजुद्दिन भेट्न पुगेका थिए। तर पूर्वपत्नी आलिया र भाइससँगको विवादले गर्दा आमालाई नभेटी नवाजुद्दिन फर्किएका थिए।