×

NMB BANK
NIC ASIA

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण

चैत १५, २०७९

NTC
Premier Steels

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत १४ गते बुटवलको सिद्धार्थ कटेजमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ।

Muktinath Bank

अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा ३३० जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरू स्मृति राज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमको शुभारम्भ नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरे।  

Vianet communication

विशेष कारणबश देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्किमबाट छनोट भएर कार्यक्रममा आएका बीमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरे।

अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रूप प्रदान गर्न अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरिएको बताए।

यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम् प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्वस्त रहेको बताए। 

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए।

कार्यक्रममा 'सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात' भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको 'नेपाल लाइफ सुनौलो भविष्य  जीवन बीमा योजना'सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका हुन्।

सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको नेशनल सेल्स हेड उमापति पोखरेल बताए।

यो योजना न्यून लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरू र बुढेसकालमा पेन्सन चाहनेहरूका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचुर फाइदा उठाउन आग्रह गरे। 

उक्त कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिन भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x