×

NMB BANK
NIC ASIA

ऊर्जाको लागतमा गिरावटसँगै यूरोक्षेत्रको मुद्रास्फीतिमा कमी

चैत १७, २०७९

NTC
Premier Steels

युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ । ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

Muktinath Bank

एटलान्टिक क्षेत्रको दुवै किनारका लगानीकर्ताहरू केन्द्रीय बैंकहरूले के कदम चाल्नेछन् भनेर मापन गर्न र मुद्रास्फीतिको अवस्था घोषणा गर्न तयार रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिक वृद्धिले उनीहरूको बैङ्किङ्ग क्षेत्रलाई असर गर्न सक्ने जोखिमहरूको बिरूद्ध केन्द्रीय बैङ्कहरूले ब्याज दर वृद्धिको साथ मुद्रास्फीतिलाई नियन्त्रण गर्न सावधानीपूर्वक सन्तुलन गर्नु आवश्यक छ ।


Advertisment
Nabil box
Kumari

युरापेली सङ्घ (ईयू) को तथ्याङ्क कार्यालयकाका अनुसार युरो क्षेत्रमा उपभोक्ता मूल्य वार्षिक रूपमा ६.९ प्रतिशत कायम भएको छ जुन फेब्रुअरीमा ८.५ प्रतिशतले घटेको थियो ।
यो एक वर्षयताकै सबैभन्दा कम दर हो ।

Vianet communication

ब्लुमबर्ग र वित्तीय डाटा फर्म फ्याक्टसेटका विश्लेषकहरूले मार्चमा एकल मुद्रा क्षेत्रमा मुद्रास्फीति दर ७.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए ।

अक्टोबरमा १०.६ प्रतिशतको उच्च बिन्दुबाट ओरालो लागे पनि युरो क्षेत्रको मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।

ईसीबीले रातो–तातो मुद्रास्फीतिलाई नियन्त्रण गर्न बारम्बार ब्याज दरहरू बढाएको छ तर अर्को दर वृद्धिको आकार बैङ्किङ्ग क्षेत्रमा हालैको उथलपुथलपछि अस्पष्ट छ ।

युरोस्टाटका अनुसार फेब्रुअरीमा १३.७ प्रतिशतले बढेको ऊर्जाको मूल्य मार्चमा ०.९ प्रतिशतले घटेको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण गत वर्ष तेल र ग्यासको मूल्य बढेको थियो तर हालैका महिनाहरूमा यो अझ स्थिर भएको छ । यसलाई हल्का मौसमले पनि मद्दत गरेको छ ।

खाद्य तथा पेय पदार्थको मूल्य मार्चमा १५.४ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनामा १५ प्रतिशत थियो ।

युरो क्षेत्रका वरिष्ठ अर्थशास्त्री बर्ट कोलिजनले भने, “यसले मूल्यको चाप तत्कालका लागि उच्च रहेको सङ्केत गर्छ, यद्यपि आगामी महिनाहरूमा यसमा सुधार आउनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x