२८ असार २०८३, आइतबार

डेब्यू म्युजिक भिडियोबाटै सफलता पाएकी सनिशाको बढ्दो व्यस्तता

डेब्यू म्युजिक भिडियोबाटै सफलता पाएकी सनिशाको बढ्दो व्यस्तता

मोडल सनिशा भट्टराई एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । उनी पहिलो म्युजिक भिडियोबाटै चर्चामा आएकी हुन् । उक्त भिडियो थियो, ‘ए हो र माया’  । 

चार महिनाअघि सार्वजनिक उक्त गीतको भिडियोले एक महिनामै युट्युबमा करोड भ्युज पाएको थियो ।

त्यसयता सनिशालाई मोडलिङको लागि अफरहरु बढ्दै गए । एकपछि अर्को भिडियोमा उनले मोडलिङ गर्दै गइन् । उनको अभिनय रहेको ‘साइँली’ बोलको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् ।

यीसँगै ‘भेटुला कहाँ’, ‘ठिटो झापाको’ लगायतका उनका भिडियोहरु सार्वजनिक भइसकेका छन् । 

सनिशा अभिनेता एवं मोडल पल शाहसँग पनि देखिँदै छिन् ।

उक्त भिडियोको मुस्ताङमा छायांकन भइसकेको छ । योसँगै अन्य केही भिडियोहरूमा समेत काम गरेको सनिशाले बताएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्