×

NMB BANK
NIC ASIA

सुनसान राखेप

राखेप खाली गरेर नयाँ वर्ष मनाउन हिँडे कर्मचारी, अधिकांश शाखा कार्यालय सहयोगीको भरमा

चैत २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ वर्ष मनाउन भन्दै अधिकांश कर्मचारी बिदामा बसेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सुनसान भएको छ ।

Muktinath Bank

संघीय राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित परिषद्को कार्यालयमा बुधवार मध्याह्न पुग्दा अधिकांश कर्मचारीहरू अनुपस्थित थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय कर्मचारीहरू चैत २७ गतेदेखि नै अनुपस्थित छन् भने कतिपय चैत २८ गतेदेखि र चैत २९ गते (आज)देखि अनुपस्थित भएका हुन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

चैत २९ गते परिषद्का विभिन्न शाखामा पुग्दा प्राय:जसो कर्मचारीको कार्यकक्ष खाली थियो ।

संघ-संस्था शाखा, कर्मचारी प्रशासन शाखा, कानून शाखा, आर्थिक प्रशासन शाखा, सूचना शाखा, विकास निर्माण शाखा लगायत शाखा तथा विभाग समेतमा कर्मचारीहरूको कार्यकक्ष सुनसान देखिएको थियो ।

हरेक शाखा तथा विभागमा एकदेखि दुई जना महिला कार्यालय सहयोगीहरू मात्र उपस्थित देखिएका थिए। कुनै–कुनै शाखामा मात्र आक्कलझुक्कल पुरुष कर्मचारी देखिएका थिए ।

null

चैत मसान्ततिर कर्मचारीहरू हरेक वर्ष यसरी नै बिदामा बस्ने गरेको त्यहाँ भेटिएकी एक कार्यालय सहयोगीले बताइन्।

'वर्षको अन्त्यमा हरेक वर्ष सरहरू एक सातासम्मका लागि बिदा लिएर वा बिदा नै नलिए पनि कार्यक्रमका नाममा अनुपस्थित हुने गर्नुहुन्छ,' ती कार्यालय सहयोगीले लोकान्तरसँग भनिन्, 'अब वैशाख १ गतेपछि नयाँ वर्ष मनाएर मात्र सरहरू फर्किनुहुन्छ ।'

कर्मचारीहरूको खटन-पटन, बिदा सिफारिश समेत गर्ने कर्मचारी प्रशासन विभाग पनि खाली थियो । एक कार्यालय सहयोगी मात्र देखिएकी थिइन् ।

null

कर्मचारी प्रशासन शाखा प्रमुख अनन्ता देवी खनाल भने आफ्नो कार्यकक्षमा भेटिएकी थिइन् । उनले अधिकांश कर्मचारीहरू बिदामा रहेको बताइन् ।

कतिजना कर्मचारीहरूले बिदा लिएका छन् भन्ने कुराको जानकारी भने नरहेको उनले बताइन् ।

'हाजिरी हेर्ने कर्मचारी हिरा पौडेल आफैं २ दिनदेखि बिदामा रहेका कारण कतिजना उपस्थित छन् र कतिले बिदा लिएका छन् भन्ने कुरा थाहा पाउन सकिँदैन,' खनालले लोकान्तरसँग भनिन्, 'हाम्रोमा हाजिरी म्यानुअल हुँदैन । ई-हाजिरी हुने हुँदा कम्प्युटरमा मात्र त्यसको अभिलेख हुन्छ । त्यो हेर्ने मानिस नै दुई दिनदेखि बिदामा हुनुहुन्छ । त्यसैले कतिजना बिदामा हुनहुन्छ भन्ने अभिलेख मसँग छैन ।'

अनन्ता देवी खनाल

छोराछोरीहरूको पनि शैक्षिक शत्र सम्पन्न भएर बिदा पर्ने हुँदा यो समयमा अधिकांश कर्मचारीहरू परिवारसहित घुमघाममा जाने गरेको उनको भनाइ छ ।

क्याबी बिदा, घर बिदा, सञ्चित नरहने बिदा खर्च गर्नैपर्ने हुँदा अधिकांश कर्मचारीहरू यही समय पारेर बिदा बसेको खनालले जानकारी दिइन् ।

करीब ८० जना कर्मचारी कार्यरत रहेकोमा आधाभन्दा बढी नै बिदामा बसेको हुनसक्ने उनको अनुमान छ ।

null

'यसरी एक साथ आधाभन्दा बढी कर्मचारीहरूको बिदा स्वीकृत गर्न मिल्दैन, तर पनि बिदामा बस्नु भएको छ,' खनालले लोकान्तरसँग थपिन्, 'एकसाथ अधिकांश कर्मचारी बिदामा बसेपछि कामकाज स्वाभाविक रूपमा प्रभावित हुन्छ ।'

एकसाथ बिदा स्वीकृत नहुने भएपछि केही कर्मचारी जानकारी नै नगराई बिदामा बसेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको खेलकुद विकास महाशाखा प्रमुख समेत रहेका सहसचिव इमनारायण श्रेष्ठ भने त्यसरी एकसाथ अधिकांश कर्मचारीहरू बिदामा बस्न नमिल्ने बताउँछन्। 'हुन त राखेपमा निजामती कर्मचारी हुँदैनन्। परिषद स्वायत्त संस्था भएकाले उसको आफ्नै कर्मचारी हुन्छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'त्यस विषयमा म राखेपको सदस्य सचिवज्यूसँग बुझ्छु ।'

वास्तवमा नै त्यसो भएको हो भने कारवाही हुनुपर्ने उनले बताए ।

भिडियोमा हेर्नुहोस् 

हेर्नुहोस्, थप तस्वीरहरू :

nullnullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x