×

NMB BANK
NIC ASIA

११ वर्षीय प्रिन्सलाई ‘बाल सामाजिक अभियन्ता सम्मान’ प्रदान

बैशाख ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बहुप्रतिभाशाली बालकलाकार प्रिन्स प्रसिद सिंह थापा सम्मानित भएका छन् । 

Muktinath Bank

राजधानीमा सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’मा उनलाई ‘बाल सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाज र बालिबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि रहेका परराष्ट्रमन्त्री एनपी साउदको हातबाट ११ वर्षीय प्रिन्सलाई सम्मान गरिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रिन्स फाउन्डेसनमार्फत प्रिन्सले बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन् । विभिन्न विधामा अब्बल उनले बाल कलाकार, दर्जन भन्दामाथि राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम प्रस्तोताको रुपमा समेत आफ्नो परिचय बनाएका छन । कुशल नृत्यकारसमेत रहेका उनी देश तथा विदेश पनि गएर आफ्नो प्रस्तुति दिइसकेका छन् । 

Vianet communication
Laxmi Bank

७ वर्षको उमेरदेखि नै उनले विभिन्न कार्यक्रम प्रदर्शनबाट पाएको पारिश्रमिक एवं आफ्नै मिहिनेतले आर्जन गरेको रकमबाट सडक बालबालिका, बाल आश्रम, वृद्धाश्रमहरुमा सहयोग गर्नुका साथै नेपालका ग्रामीण भेगमा रहेका शिक्षाबाट वञ्चित बालबालिकाहरूका लागि आवश्यकता अनुसारको शैक्षिक सामग्रीहरू वितरण गर्दै आएका छन् ।

एकल आमाहरूबाट हुर्किरहेका बालबालिकाहरू र असहाय बालबालिकाहरूलाई प्रत्यक्ष रुपमा सहयोग समेत गर्दै आएका छन ।

अहिलेसम्म कसैबाट सहयोग नलिएको बताउने प्रिन्स भविष्यमा पनि कसैबाट पनि सहयोग नलिई आफूले सक्ने जति आफ्नै एकल कमाइबाट नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । केही ठूलो पर्दाको फिल्म, २ दर्जन भन्दा बढी म्युजिक भिडियो, २ दर्जन भन्दाबढी विज्ञापन, केही लघु फिल्ममा समेत उनले अभिनय गरिसकेका छन् । प्रिन्स अहिले कक्षा ७ मा अध्ययनरत छन् । उक्त अवार्ड कार्यक्रममा वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवीसिंह, भुवन चन्द र बसुन्धरा भुसालको पनि उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x