×

NMB BANK
NIC ASIA

फ्लाई दुबई प्रकरण

EXCLUSIVE: आशंकाको भरमा चरा ठोकिएको दाबी, पाइलटको रिपोर्ट– इञ्जिनबाट आगोको ज्वाला निस्कियो

बैशाख १२, २०८०

NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमवार उडान भर्ने क्रममा समस्या आएको प्लाई दुबईको विमानका पाइलट आफैं विमानमा चरा ठोकिएको भन्ने कुरामा प्रस्ट नरहेको पाइएको छ ।

Muktinath Bank

दुबईमा सुरक्षित अवतरणपछि उक्त विमानका पाइलटले यूएईको सिभिल एभिएसनमा गरेको रिपोर्टमा विमानको दायाँ इञ्जिनबाट आगोको ज्वाला निस्किएको कुरालाई मात्र प्रस्टसँग उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'जहाज टेकअफ गर्नेबित्तिकै दाहिने इन्जिनबाट आगोको ज्वाला आएको भनेर दुबईस्थित कम्पनीको मेन्टेनेन्स कन्ट्रोल सेन्टर (एमसीसी)लाई सूचित गरेका थियौं,' संक्षिप्त रिपोर्टमा पाइलटले उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

चरा ठोकिएको भन्ने कुरालाई भने आशंकाका रूपमा मात्र उल्लेख गरिएको छ ।

Vianet communication

'सबै प्यारामिटर  नर्मल भएर उडान गरी गन्तव्यतर्फ लाग्दा एयर ट्राफिक कन्ट्रोल (एटीसी)बाट जहाजसँग चरा ठोकिएको हुन सक्ने आशंका व्यक्त गरिएको सूचना हामीले पाएका थियौं,' उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

यो भाषा पढ्दा विमानमा चरा ठोकिएको भन्ने कुरा पाइलट आफैंलाई पनि थाहा नभएको प्रस्ट हुन्छ ।

निश्चित नभई चरा ठोकिएको दाबी कम्पनीले आधिकारिकरूपमै गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्राधिकरणले फ्लाई दुबईका 'कन्ट्री म्यानेजर' र 'एयरपोर्ट म्यानेजर'लाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको विमानस्थल प्रवेश पास समेत निष्क्रिय बनाइसकेको छ ।

सोमबार राति ९:२० मा उडेको (फ्लाइट नम्बर एफडीजेड ५७६) जहाजमा 'बर्ड स्ट्राइक' भएको (चरा ठोकिएको) भनेर भ्रमपूर्ण समाचार फैलाएकाले कारबाही गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

'हुँदै नभएको कुरामा भ्रम फैलाएर बदनामी गर्ने काम गरेकाले प्रारम्भिक छानबिनपछि कारबाहीका लागि आएको फाइलमा मैले निर्णय गरेको हो,' अधिकारीले लोकान्तरसँग भने, 'त्यो गर्नैपर्थ्यो । उनीहरूलाई इन्टेरोगेट (केरकार) गरेपछि नै उक्त निर्णय गरिएको हो ।'

विमान अवतरण समेत गर्न नभ्याउँदै फ्लाई दुबईले विमानमा चरा ठोकिएको दाबीसहित विवरण बाहिर ल्याएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले सो विषयमा गम्भीर चासो देखाई दुबईको सिभिल एभिएसन अथोरिटीसँग कुराकानी गरेपछि फ्लाई दुबईका नेपालस्थित कन्ट्री म्यानेजर र एयरपोर्ट स्टेसन म्यानेजरको एयरपोर्ट प्रवेश पास निष्क्रिय बनाउँदै स्पष्टीकरण सोधेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुबईमा जहाज सुरक्षित ल्यान्ड गरेपछि चालकले प्राविधिक कारण भनेर रिपोर्ट गरेका छन् ।

''फायर ब्रस्ट इन राइट इन्जिन', 'राइट इन्जिन स्टल' भनेर चालकले दुबईको सिभिल एभिएसनमा रिपोर्ट गरेका छन्,' भुलले लोकान्तरसँग भने, 'हुँदै नभएको कुरालाई 'बर्ड स्ट्राइक'को नाम दिएर भ्रम फैलाइएको हुनाले त्यसको थप छानबिनका लागि प्राधिकरणले दुई सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।'

उक्त रिपोर्टबारे थप जिज्ञासा राख्दा अनुसन्धानको विषय भन्दै उनले बाँकी कुरा खुलाएनन् ।

एक पाइलट र एक एरोनटिकल इन्जियरसहित दुई सदस्यीय छानबिन समितिले दुबईस्थित सिभिल एभिएसन र नेपालस्थित नागरिक उड्डयन प्राधिकरणसँग समेत समन्वय गरी अनुसन्धान सकेर दिने प्रतिवेदनपछि थप कारबाही हुने भुलको भनाइ छ ।

लोकान्तरले विशेष स्रोतबाट उक्त रिपोर्ट समेत हात पारेको छ । रिपोर्टमा पाइलटले चरा ठोकिएको कुरालाई आशंकाका रूपमा मात्र उल्लेख गरेको प्रस्टै बुझिन्छ ।

पाइलटले दुबईस्थित सिभिल एभिएसनमा गरेको रिपोर्टमा के छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे २ ० बाट उडान गर्नेबित्तिकै विमान अलिकति छड्के मोडिन खोजेको तथा चर्को आवाज आएको हामीले अनुभव गर्‍यौं । काठमाडौं 'भीओआर' कटेपछि 'मेडे' (आपतकालीन स्थिति)को घोषणा गरेका थियौं । त्यसपछि २८ हजार फिट माथि पुगेर 'इमर्जेन्सी अप्रेसन प्रोटोकल' पालना गर्‍यौं र एकछिन त्यही आसपासमा होल्ड गरेपछि पावर समेत बढाउँदा केही समस्या देखिएन । सबै नर्मल अवस्थामा भएपछि हामीले फ्लाई दुबईको मेन्टेनेन्स कन्ट्रोल सेन्टर (एमसीसी)मा पनि अवस्था नर्मल रहेको जानकारी गराएका थियौं । जहाज टेकअफ गर्नेबित्तिकै दाहिने इन्जिनबाट आगोको ज्वाला आएको भनेर हामीले एमसीसीलाई सूचित गरेका थियौं । सबै प्यारामिटर  नर्मल भएर उडान गरी गन्तव्यतर्फ लाग्दा एयर ट्राफिक कन्ट्रोल (एटीसी)बाट जहाजसँग चरा ठोकिएको हुन सक्ने आशंका व्यक्त गरिएको सूचना पाएका थियौं ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x