×

NMB BANK
NIC ASIA

हत्याका दिन जे भयो

निरा हत्याकाण्डको नालीबेली: ३ लाख ऋण लागेपछि लुटपाट र हत्या, सिक्री धरौटीमा राखेर फरार !

बैशाख १७, २०८०

NTC
Premier Steels

चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेमा झापाको मेचीनगर- १० घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ३५ वर्षीय विनोद विश्वकर्मा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक पबमा बाउन्सरको काम गर्दै आएका विकलाई प्रहरीले शनिवार झापाको बिर्तामोड- १ स्थित इलाम बस स्टपबाट पक्राउ गरेको थियो ।​


Advertisment
Nabil box
Kumari

यस्तो छ घटनाको विवरण

Vianet communication

प्रहरीका अनुसार वैशाख ७ गते विनोद निरु किचन हुँदै जाने क्रममा निराले लगाएको सुनको सिक्री देखेपछि उक्त सिक्री लुट्ने उद्देश्यले सामान किन्ने बहाना बनाई पसलमा छिरेका थिए ।

त्यसैक्रममा अन्य ग्राहक पसलमा आएपछि एटीएमबाट पैसा निकाल्छु भनी बाहिर निस्किएको पाइएको छ । यो दिउँसो करीब २ बजेको कुरा हो ।

सुनसान भएको मौकामा २:४४ बजे पुन: पसलमा गएका विनोदले निराको हत्या गरी उनले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको अन्दाजी १२/१३ सय रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

घटनापश्चात भित्री बाटोबाट रफ्तारमा फूटसल हुँदै गोपीकृष्ण हलतर्फ गई ट्याम्पु चढेको पाइएको छ । ट्याम्पुबाट चाबहिल चोकस्थित एसी कम्प्लेक्समा झरी मोटरसाइकल चढेको पाइएको प्रहरीले जनाएको छ ।

null

विनोद त्यहाँबाट जडीबुटी चोक पुगी अर्को मोटरसाइकलमा चढेर लोकन्थली आँखा अस्पतालतर्फ गई एक पसलमा फ्रुटी किनेर खाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यो दिन विनोद गाउँकै एक भाइको कोठामा बसेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निराले लगाएको ९८ लालको सिक्री काठमाडौंको तारकेश्वर, हिलेटोल- १० स्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजार रुपैयाँमा धरौटीमा राखी पैसा लगेको पाइएको छ ।

घटनाको ५ दिनपछि अर्थात वैशाख १३ गते उनी बनेपा-बर्दिवास हुँदै सडक यात्रा गरेर झापा गएको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार विनोद विवाहित हुन् । शुरूमा क्यासिनोमा काम गर्दै आएका विनोद ३ लाख रुपैयाँ ऋण लागेपछि त्यो तिर्न नसकेर काठमाडौं आएको पाइएको छ ।

विवाहित रहे पनि उनको अर्की एक महिलासँग समेत अफेयर रहेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले लोकान्तरसँग बताए ।

प्रहरीले उक्त दिन विनोद घटनास्थलतर्फ जाँदै गरेको र फर्किँदै गरेको सीसीटीभी फूटे‍जको दृश्य समेत सार्वजनिक गरेको छ ।

null

बाग्लुङको बडिगाड- ५ घर भई चाबहिलमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा वैशाख ७ गते पसलमै मृत अवस्थामा फेला परेकी थिइन् ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा उनको शव फेला फरेको थियो । घटनाको १० दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x