×

Dabur

नर्भिक आइभिएफमार्फत ५२ वर्षीय महिलाले जन्माइन् जुम्ल्याह सन्तान

बैशाख १७, २०८०

NTC
Premier Steels
Marvel

महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिलाले आइभिएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएकी छिन् । 

yONNEX
Sagarmatha Cement

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकैसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् । 
बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उनलाई उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ । 


Advertisment

डा. शर्माका अनुसार ती महिलाको महिनावारी समेत सुकिसकेको र पाठेघरमा मासु पलाएको थियो । पछि शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार गरिएको थियो । 

Vianet communication
Laxmi Bank

यसअघि पनि ५५ वर्षीय महिलाले नर्भिकमै आइभिएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन् । 

सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० वर्षको उमेर समूहलाई उत्तम मानिने गरिन्छ ।  तर विभिन्न कारणले बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गर्ने भएकाले उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालका विज्ञहरूका अनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आइभिएफ गरेका मध्ये गर्भाधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले सन्तान प्राप्तिको चाहनामा उमेरलाई बाधक मान्न आवश्यक नभएको अस्पतालले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १८, २०८०

२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।  वि...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x