२८ असार २०८३, आइतबार
लुम्बिनीमा कांग्रेस सरकार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए संसद्को विश्वास : पक्षमा ५३, विपक्षमा २९ मत

बैशाख १९, २०८०
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए संसद्को विश्वास : पक्षमा ५३, विपक्षमा २९ मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलवार प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

प्रदेशसभाका ८७ सांसदमध्ये ५३ सांसदले चौधरीलाई विश्वासको मत दिए । विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी गराए । 

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । 

चौधरीलाई नेपाली कांग्रेससँगै, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिए । 

विपक्षमा एमालेले मात्र मत दियो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बस्यो । प्रदेशसभामा राप्रपाका ४ सांसद छन् । 

गत साता वैशाख १४ गते प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

चौधरी लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् । नेपाली कांग्रेसका चौधरी दाङ– ३ (१) बाट निर्वाचित सांसद हुन् ।

लुम्बिनीमा यो कांग्रेस नेतृत्वको पहिलो सरकार हो । 

विश्वासको मत माग्दै मुख्यमन्त्रीले प्रदेश सरकारको औचित्य सावित गर्दै काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताएका थिए । 

 
 

salt training

कमेन्ट गर्नुहोस्