×

NIC ASIA

करेन्ट चाउचाउ : कृषि, रोजगारी र आर्थिक विकासको संवाहक

बैशाख २६, २०८०

Prabhu Bank
NTC
Premier Steels

रुपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादन शुरुवात गर्दै खाद्य सामग्रीको बजारमा प्रविष्ट भएको कम्पनी यशोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ । सन् २०१७ मे ७ मा स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज करेन्ट नेपाली बजारलगायत भारत, अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरूमा पनि निर्यात हुन थालेको छ ।

Muktinath Bank

विदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति वर्ष २५ देखि ३० लाख अमेरिकी डलर बराबरको निर्यातले प्रष्ट पार्दछ । देशभर प्रत्यक्ष/अप्रत्यक्षरुपमा लगभग १५ हजार व्यक्तिलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकवानपुरबाट खुर्सानी खरिद गर्दै करेन्टले त्यहाँका किसानलाई बजार दिएको छ भने गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका केही किसान समूहलाई समेत लगानी प्रदान गर्दै खुर्सानी खेतीका लागि प्रोत्साहन गरिरहेको छ । ​


Advertisment
Nabil box
Kumari

किसानहरूलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरूको उत्पादनलाई बजार दिँदै करेन्टले देशका विभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले देशका केही ठाउँमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ । 

Vianet communication

सकेसम्म देश भित्रकै सामग्री र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले  विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा पनि निकै ठूलो टेवा पुर्‍याएको छ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफू जस्ता अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरहेको छ ।

करेन्टले देश भित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको विभिन्न तथ्याङ्कले बताउँछ ।

रोजगारी, देशको आर्थिक विकास र खस्कँदो कृषि क्षेत्रको पुनरुत्थानमा विशेष प्रभाव पार्ने यस कम्पनीले गरिब तथा सिमान्तकृत बालबालिकाहरूलाई छात्रवृत्तिलगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरू पनि गर्दै आएको छ । पिरो चाउचाउ भन्ने बित्तिकै विदेशी ब्राण्ड सम्झने नेपली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उद्देश्यले सञ्चालनमा आएको करेन्टले छोटो समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गरिसकेको छ ।

नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री नेपाल सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर पनि छ र यसै कारण धेरै मानिसले यसलाई रुचाएका छन् ।

दाङ्गदेखि दुवईसम्म, मकवानपुरदेखि मलेसियासम्म र विश्वभर लोकप्रिय हुँदै गएको करेन्ट रोजगारी, र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थ्यको हिसाबले पनि अन्य ब्रान्डको तुलनामा निकै स्वस्थ मानिन्छ । स्थानीय अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुणहरू यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकाले यसलाई धेरै व्यक्तिहरूले रुचाएका छन् ।

नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोगबाट स्वस्थ्य चाउचाउ बजारसम्म पुर्‍याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरू लाभान्वित हुने देखिएको छ । यसले गर्दा धेरै वर्षदेखि बाँझो बसेका खेतहरू पनि प्रयोग हुने र निर्यातमार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउने देखिन्छ ।

देशको अर्थतन्त्रमा करेन्टको योग्दानको चर्चा गर्दै वरिष्ठ अर्थशास्त्री डा. प्रतीक झाले भनेका छन्, ‘ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउनदेखि गरिवीको घाउमा मलम लगाउन, राष्ट्रलाई परनिर्भरताबाट जोगाउनदेखि स्वदेशी उत्पादन निर्यात गर्नसम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारको तीता र कहाली लाग्दा कहानीहरूमा मीठो रंगहरू भर्दैछ ।’

नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यापार व्यवसाय गर्ने सोच राख्नेहरूका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x