×

Nic Asia
Prabhu Bank

जसले गिरोहलाई पैसा बुझाए

शरणार्थी धन्दामा फसेकाको कथा: कसैलाई ३६ प्रतिशत ब्याजको भार, कोही माइग्रेनको शिकार !

बैशाख २९, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

मोरङको पथरी शनिश्चरेका खेम (नाम परिवर्तन) ऐलानी जग्गामा सामान्य घर बनाएर बसेका छन् । उनको ७ जनाको परिवार छ । 

yONNEX
Frooti
Appy

दैनिक ज्याला मजदुरी र घरमा पालिएका बाख्रा/कुखुरा उनले बिहान बेलुका हातमुख जोर्ने कमाइका स्रोत हुन् । कोभिड– १९ का कारण लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फर्निचर सामग्री पनि बनाउँथे ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

लकडाउनले व्यवसाय बन्द भएपछि खेम समस्यामा परेका थिए । त्यसैबेला उनले पहिलेदेखि नै नजिकबाट चिनेका सागर राईले अमेरिका जान सल्लाह दिए ।


Advertisment
Lokantar App
Saurya island

तत्कालीन अवस्थामा पथरी शनिश्चरे नगरपालिका– १० का वडाध्यक्ष समेत रहेका राई तिनै पात्र हुन्, जो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

JYOTI
Vianet communication

अमेरिका जान मिल्ने भए जाऊँ न त भन्ने मनस्थिति बनाएका खेमलाई सागरले शुरूमा १० लाख दिनुपर्ने बताए । २ लाख रुपैयाँ साथीभाइसँग मागेका खेमलाई थप ८ लाख जुटाउन मुस्किल पर्‍यो । 

‘सागरले २ लाख तुरुन्तै ठीक पार्नुस् भनेपछि साथीभाइसँग मागेर दिइहालें । ८ लाख रुपैयाँ जोहो गर्न ससुरालीको जग्गा धितोमा राख्नुपर्‍यो,’ उनले भने, ‘न अमेरिका जान पाइयो, न त्यो जग्गा उकास्न सकेको छु ।’

आँखामा आँसु टिलपिल पार्दै उनले थपे, ‘ऋणको ब्याज तिर्न नै आफूसँग भएको १० धुर जग्गा बेच्नुपर्‍यो । यही आँसुको सहारामा दिन बिताइरहेको छु ।’

सागरलाई पैसा बुझाएको डिपोजिट स्लिप

उनका ८७ वर्षीय बुवा र ७६ वर्षकी आमाको पनि आँखा नओभाएको लामो समय भइसकेको छ ।

खेमकी श्रीमतीले छोराछोरीको स्कूल फी समेत तिर्न नसकेको गुनासो गरिन् । 

तनावका कारण आफू माइग्रेनको रोगी भएर औषधि खानुपरेको उनको गुनासो छ ।

‘दुःख सहन नसकेपछि खाडी भए पनि जान्छु भनेर लागेको थिएँ,’ उनले भनिन्, ‘तर, मेरो स्वास्थ्य समस्यालाई देखाएर म्यानपावर कम्पनीले पठाउन मानेन ।’

पक्राउ पर्नुअघि उनीहरू सागरलाई भेटेर पटक–पटक रोएका रहेछन् । सागरले मिति उल्लेख नगरी बैंकको चेक पनि दिएका छन्, तर खातामा पैसा छैन ।

‘हामीलाई भेट्दा उसले तपाईंहरूको पैसा डुबाउँदिनँ भन्ने गरेको थियो, अहिले त पक्राउ पर्‍यो,’ खेमकी पत्नीले सुनाइन् ।

मिति उल्लेख नगरी सागरले दिएको चेक

सागर पक्राउ परेपछि उनीमार्फत ठगिएकाहरूको डेढ करोड रुपैयाँसम्म तिरिन्दिछौं भनेर सागरका बुवाले भनेको हल्ला उनीहरूले सुनेका छन् । 

त्यो कुराले थोरै आशा भने पलाएको छ । सागरका बुवाआमा अमेरिकामा बस्छन् ।

****

सागरलाई पैसा बुझाएर ठगिनेमध्ये अर्का व्यक्ति हुन्, नवीन (नाम परिवर्तन) ।

अमेरिका जाने सबै प्रक्रिया पूरा भइसक्यो भनेपछि जग्गा बन्दकी राखी ३६ प्रतिशत ब्याजमा ऋण लिएर बुझाएको उनले बताए ।

सागर नजिकको साथी भएकाले पनि ऋण लिएर पैसा बुझाउने हिम्मत गरेको उनको भनाइ छ ।

‘पहिला २ लाखले हुन्छ भनेपछि साथीभाइसँग मागें । अमेरिका जाने भएपछि तिरिहाल्छ भनेर सहजै पैसा दिए । सागरले तीन महिनामै अमेरिका पुगिन्छ भनेको थियो । तीन महिना नपुग्दै ८ लाख ठीक पारिहाल्नुस्, अब जाने बेला भयो भनेर ताकेता गर्‍यो,’ नवीन भन्छन् ।

त्यतिबेला लिएको १० लाखको सावाँ र ब्याज गरी अहिलेसम्म १४ लाख तिरिसकेको उनको भनाइ छ ।

उनीसहित पीडितहरू कानूनी झमेलामा फसिने डरले पहिचान खुलाउन तयार छैनन् । शरणार्थी बन्न खोज्नेहरूलाई पनि कारवाही हुनुपर्छ भनेको सुन्दा मनमा चिसो पसिरहेको छ ।

सागरले मिति उल्लेख नगरी दिएको चेक

पैसा संकलनपछि अस्वाभाविक जीवनशैली

सागर पहिलेदेखि नै स्थानीय युवाबीच लोकप्रिय थिए । सोही कारण केशव दुलाल (सुजाता कोइरालाका स्वकीय सचिव)ले कांग्रेस प्रवेश गराएर वडाध्यक्षको टिकट दिलाएका थिए ।

कांग्रेसमा लामो समयदेखि क्रियाशील रहे पनि केशवको भने खासै प्रभाव थिएन । उनी क्षेत्रीय सभापतिको उम्मेदवार बन्दा जम्मा १६ मत प्राप्त गरेका थिए ।

सोही अधिवेशनका बेला नेताहरूलाई प्रभावित पार्न केशवले विराटनगरकै एक होटलमा ककटेल पार्टी दिएका थिए । 

उक्त पार्टीमा उठेको १ लाख ५० हजार रुपैयाँको बिल केशवले भुक्तानी गरेपछि कांग्रेसका नेताहरू अचम्ममा परेका थिए ।

‘सामान्य परिवारको र त्यसअघि त्यत्तिको खर्च गर्न सक्ने हैसियत नभएको केशवले उक्त बिल भुक्तानी गरेको सुन्दा नै हाम्रो मनमा चिसो पसेको थियो,’ कांग्रेस नेताहरूसँग राम्रै चिनजान रहेका खेम (पीडित) ले लोकान्तरसँग भने ।

केशव पनि अमेरिका लैजाने धन्दामा संलग्न छन् भन्ने उनलाई थाहा थियो, तर सागरले अरू कसैसँग कुरा नगर्नु भनेकाले यसबारे कुराकानी गरेका थिएनन् ।

आफूहरूले पैसा बुझाएको केही दिनमा सागरले गाडी किनेको पनि उनी बताउँछन् ।

‘सागरले नयाँ गाडी किनेर धुपबत्ती बाल्दैछ भन्ने सुनेदेखि नै हो म बिरामी पर्न थालेको,’ खेमकी पत्नीले लोकान्तरसँग भनिन् ।

यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । अमेरिका जाने प्रलोभनमा पैसा बुझाउने धेरैको यस्तै बिचल्ली भएको छ । न म पीडित हुँ भनेर भन्न सकेका छन्, न त लागेको ऋण तिर्न नै ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देश...

जेठ १८, २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ ।  भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कप...

जेठ १८, २०८०

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत भएको बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उन...

जेठ १८, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन&r...

जेठ १८, २०८०

साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दैछ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल...

जेठ १८, २०८०

भारतले रामायण सर्किट परियोजनालाई मूर्त रूप दिनका लागि छिट्टै काम थालिने जनाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा रामाय...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x