२८ असार २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी

बैशाख ३१, २०८०
बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतीकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

शेर्पाले नक्कली शरणार्थी गिरोहका नाइके सानु भण्डारीलाई हिरासतमै पुगेर भेटेको सार्वजनिक भएको थियो ।

यस प्रकरणमा मुछिएका कांग्रेस नेताहरूको सन्देशसहित शेर्पाले भण्डारीलाई भेटेको पुष्टि भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्