×

NMB BANK
NIC ASIA

जनता कम्युनिस्टहरूबाट अलग्गिने खतरा छ, क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्छ : डा. भट्टराई

जेठ १, २०८०

NTC
Premier Steels

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकूल जनताका एजेण्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् ।

Muktinath Bank

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्ण रूपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकूल वर्तमान एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताए । उनले विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिस्टहरूबाट अलग्गिन सक्ने खतरा रहेको उल्लेख गरे । उनले जनताले नयाँ विकल्प खोजे पनि ठम्याउन नसकेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाइँ त मूल रूपमा सम्पन्न गरेका छौं तर पूर्ण रूपमा विजयी पाउन सकेका होइनौं । हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो, छिनाल क्रान्ति होइन, कतिपय यथास्थितिवादी पश्चगामी सोच राख्ने शक्तिहरूसँग पनि सम्झौता गर्न बाध्य भयौं, त्यसले गर्दा जुन प्रकारका नीतिहरु लागू गर्न सक्नुपर्दथ्यो, खासगरी वैज्ञानिक भूमि सुधार गरेर किसानहरूमा जमिनको पहुँच शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने कुरा, त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो । हामीले सकेनौं । त्यसकारण युवामा जुन असन्तुष्टि छ । नयाँपन खोजिराखेको छ । नयाँ विकल्प खोजिराखे पनि ठम्याउन सकेका छैनन् । यस्तो बेलामा हिजोका क्रान्तिकारी शक्तिहरुले समयाअनकुल रुपान्तरण गर्न सकेनौं । हिजोका मात्रै गाथा गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुन सक्ने खतरा मैले देखिराखेको छु । खासगरी क्रान्तिपछि लामो समय सत्तामा बसिराख्यो भने सम्पूर्ण नेतृत्व नै सत्तामा गयो भने सत्ताको जुन चास्नी हुन्छ । त्यसले भ्रष्टीकरण गदिदिन्छ । अहिले जुन प्रकारका भ्रष्टाचारका कुरा आइरहेको छ । त्यो त्यसैको एउटा संकेत हो । हामीले कसरी निरन्तर क्रान्तिकारी गरिराख्ने कसरी भ्रष्टीकरणबाट बच्ने भन्ने कुरा एउटा हो । अर्को समय अनकूल वर्तमान एजेण्डा र जनताको चाहना के हो ? त्यसलाई ठम्याएर जनतालाई साथमा लिएर हामीले जान सक्नुपर्छ ।’

Vianet communication

पूर्व प्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरूमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा हुन नसकेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x