कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं महानगरका प्रमुख बालेन शाहले शहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन संघीय सरकारसँग आग्रह गरेका छन् ।
सोमवार बसेको महानगरको १५औं कार्यपालिका बैठकमा प्रमुख शाहले केन्द्र सरकारलाई सहयोग गरिदिन आग्रह गरेका हुन् । विगत एक वर्षको अवधिमा केन्द्रका १४ मन्त्रालयलाई विभिन्न कामका लागि अनुरोध गरेको स्मरण गराउँदै उनले आशाअनुरुप सहयोग र समन्वय नभएको गुनासो गरे।
प्रमुख शाहले महानगर–५ हाँडीगाउँमा वडाले संरक्षण गरेको सार्वजनिक जग्गा महानगरको सहमति र अनुमति विना नै कुनै संस्थालाई लिजमा दिन मन्त्रिपरिषद्ले गरेको निर्णय बदर गरिदिन भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख शाहले जानकारी दिँदै भने, “गृह मन्त्रालयसँग अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न अनुरोध गरेका थियौं । अहिले मूर्ति चोरीका घटना बढिरहेका छन् । यसमाथि निगरानी बढाउनु आग्रह गरेका थियौं । विदेशी नियोगका संरचना भएका ठाउँमा पैदल यात्रुका लागि हिँड्ने ठाउँ छैन । उहाँहरुसँग समन्वय गरेर पैदल मार्ग खुलाउने विषयमा सहयोग गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका थियौं”, उनले भने।
सरकारी अस्पताल सरसफाइ र बीमा कार्यक्रम तथा मन्त्रालयको रहेको भवनको माथिल्लो भाग भत्काउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न प्रमुख शाहले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पुनः ध्यानाकर्षण गराएका हुन्।
विमानस्थलको नक्सा पास गर्न, त्यस क्षेत्रबाट जम्मा हुने बर्खाको भेलले पेप्सीकोला क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्न, नेपाल संवत् शुरु भएको ठाउँमा मूर्ति र उद्यान बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरिएको थियो ।
तीनकुनेको जग्गा अधिग्रहण गरेर व्यक्तिका नामबाट गैरकानूनीरुपमा लगत कट्टा गरिएको २४ रोपनी जग्गाको समस्या समाधान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरिएको प्रमुख शाहले स्मरण गराए ।
खोला कोरिडोर, सरसफाइ, अन्डरपास, नदी किनारामा तरल फोहोर प्रशोधन प्लान्ट, बञ्चरेडाँडामा लिचेड व्यवस्थापन तथा प्रशोधन प्लान्ट स्थापना, साइटमा आवतजावत गर्ने सडक र सडक बत्तीका लागि शहरी विकास मन्त्रालयसित अनुरोध गरिएको छ । यो जिम्मेवारी अहिले पनि पूरा भएको छैन । उनले यसलाई पूरा गरिदिन अनुरोध गरे।
रिङरोड विस्तार र उपत्यका यातायात प्राधिकरण गठन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई, आइएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार विकाससम्बन्धी विधेयक स्वीकृति गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई, सडक बत्ती व्यवस्थापनमा सघाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई, सार्वजनिक जग्गा संरक्षणमा सघाउन भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई, विषादी परीक्षण गरेपछि मात्र उपत्यकामा तरकारी ल्याउने प्रबन्धका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिएको छ ।
त्यसैगरी, बैठकले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०, सुवर्णपुर सम्पदा संरक्षण निर्देशिका, २०८० स्वीकृत गरेको छ । बैठकले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।
टेकुमा महानगरका जग्गा एकीकरण आयोजना र मिसिल तथा तथ्याङ्क शाखा रहेको भवनको ब्लक ‘ए’ भत्काउने निर्णय भएको छ । विद्युत्को हाइटेन्सन लाइनका कारण उक्त भवन भत्काउनु परेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...