०३ साउन २०८३, आइतबार

हरिवंशको गीत ‘काउली’लाई एक करोड पटक हेरियो

हरिवंशको गीत ‘काउली’लाई एक करोड पटक हेरियो

वरिष्ठ अभिनेता हरिवंश आचार्यको पछिल्लो गीत ‘काउली’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ ।

दुई महिनाअघि सार्वजनिक गीतको भिडियोले बिहीवार दिउँसो युट्युबमा १ करोड भ्युज पाएको हो । 

हरिवंशकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै लोकगायिका शान्तिश्री परियारको स्वर छ । 

गम्भीर विष्टको कोरियोग्राफी एवं सरोज वलीको निर्देशनमा तयार भिडियोमा हरिवंशसँगै प्रकाश सपूत, प्रियंका कार्कीको अभिनय छ ।

चेलीबेटी बेचबिखनविरुद्धको सन्देश यस गीतले दिएको छ । 

‘काउली’ले १ करोड भ्युज पाएसँगै हरिवंशले दर्शक र गीतसँग जोडिएका कलाकार एवं प्राविधिकहरूप्रति आभार व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्