२९ असार २०८३, सोमबार

नक्कली शरणार्थी प्रकरण : मुद्दा लेख्न ८ सरकारी वकिलको टीमले चौबीसै घण्टा काम गर्ने

नक्कली शरणार्थी प्रकरण : मुद्दा लेख्न ८ सरकारी वकिलको टीमले चौबीसै घण्टा काम गर्ने

नक्कली शरणार्थी प्रकरणको मुद्दा तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालयले चौबीसै घण्टा काम गर्ने तयारी गरेको छ ।

मुद्दाको महत्त्व र समयको चापका कारण ८ जनाको टीम बनाएर चौबीसै घण्टा काम गर्न लागिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले लोकान्तरलाई जानकारी दिए ।

यसका लागि प्रमुख नेउपानेकै नेतृत्वमा टीम तयारी अवस्थामा छ ।

'८ जनाको टीमले चौबीसै घण्टा कायम गरेर मुद्दा लेख्ने तयारी छ,' नेउपानेले लोकान्तरसँग भने ।

पहिलो अभियुक्त पक्राउ परेको ६० दिनभित्र मुद्दा दर्ता भइसक्नुपर्ने कानूनी बाध्यता छ । ६० दिनको समयसीमा आगामी मंगलवार पूरा हुँदैछ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा दुई पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्न बाँकी थप १७ जना समेत गरी कूल ३३ जनाविरुद्ध करीब २६ करोड बिगो कायम गर्नुपर्ने मागदाबीसहित प्रहरीले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्