०८ साउन २०८३, शुक्रबार

संघीय संसद्को संयुक्त बैठकमा कार्यसञ्चालन नियमावली मस्यौदा पेश

संघीय संसद्को संयुक्त बैठकमा कार्यसञ्चालन नियमावली मस्यौदा पेश

​​सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश भएको छ । ​

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को आजको संयुक्त बैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन् । 

प्रतिनिधिसभाबाट यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित भएको थियो । ​

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहेका थिए भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।

सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम शुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्