०३ साउन २०८३, आइतबार

विष्णुले अनुसँगको स्वरमा ल्याए ‘लुम्बिनी’, भिडियोमा पल र सनिशाको जोडी

जेठ २२, २०८०
काठमाडौं
विष्णुले अनुसँगको स्वरमा ल्याए ‘लुम्बिनी’, भिडियोमा पल र सनिशाको जोडी

त्यतै मेरो ध्यान किन खिच्छ र ? 

तिमीसँग त्यस्तो के चिज छ र ? 

लुम्बिनी... 

लुम्बिनी जता तिमी उतै म झुम्मिनी

लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । गौतम बुद्धको जन्मस्थल प्रसिद्ध लुम्बिनीलाई विम्बका रुपमा प्रस्तुत गर्दै उनले आफ्नै शब्द एवं संगीतमा रहेको गीत सार्वजनिक गरेका हुन् । 

एचविएन किस्मतको एरेन्ज रहेको गीतमा विष्णु र अनु चौधरीको स्वर छ । भिडियोमा अभिनेता पल शाह र मोडल सनिशा भट्टराई फिचर्ड छन् । 

‘लुम्बिनी’ मायाप्रेममा आधारित डान्सिङ विटको प्रेमिल गीत हो ।  काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । निर्देशक काजिशले पल र सनिशालाई निकै आकर्षक रुपमा भिडियोमा प्रस्तुत गरेका छन् । गीतको अडियो र भिडियो दुवै निकै राम्रो लाग्छ । 

अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । 

विष्णु खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतले स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्