×

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता शुरू

काठमाडाैं | जेठ २५, २०८०

नेपाल योग खेलकुद संघको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेस्ट योग फेस्टिभल च्याम्पियनसीप बिहीवारदेखि शुरू भएको छ । 

प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगंगामा बिहीवारदेखि शुरू भएको हो ।


Advertisment

बिहीवार एक कार्यक्रमबीच प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे । प्रतियोगिता जेठ २७ गतेसम्म सञ्चालन हुने नेपाल योग खेलकुद संघ भक्तपुरका उपाध्यक्ष चन्द्रमणि ढुंगानाले जानकारी दिए ।


Advertisment

उनका अनुसार योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी ३ देशका खेलाडी सहभागी भएका छन् ।

प्रतियोगितामा ७ राष्ट्रका खेलाडीले सहभागिता जनाउने भनिए पनि विभिन्न कारणले अन्य देशका खेलाडी सहभागी हुन नसकेको आयोजकले जनाएको छ । स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको जनाइएको छ ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

माउन्ट एभरेस्ट योग फेस्टिभल पनि जेठ २६ र २७ गते हुने भएको छ । प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष ढुंगानाले बताए । प्रतियोगितामा करीब ३०० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् भने नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।  

विक्रम संवत् २०७३ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको संघले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको जनाइएको छ ।
 

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x