०५ साउन २०८३, मंगलबार

भागेर बिहे गरेपछि आफन्तले गरे छोरीको पिण्डदान, खुवाए मृत्यु भोज

जेठ २९, २०८०
काठमाडौं
भागेर बिहे गरेपछि आफन्तले गरे छोरीको पिण्डदान, खुवाए मृत्यु भोज

छोरीले भागेर प्रेम विवाह गरेपछि भारतमा एउटा परिवारले उनको पिण्डदान गरिदिएको छ । घटना भारतको मध्येप्रदेशस्थित जबलपुर जिल्लाको हो ।

उनीहरूले ग्वारीघाटस्थित सिद्धघाटमा छोरीको पिण्ड दान गरेका छन् । 

ती युवतीका परिवारले मृत्यु भोज पनि खुवाएका छन् । ​उनीहरूले आफन्तलाई जानकारी दिन शोक सन्देश कार्ड पनि छपाएका थिए । 

कार्डमा छोरीको अप्रेल २ मा मृत्यु भएको उल्लेख छ । 

छोरीले भागेर बिहे गरेपछि समाजमा आफ्नो इज्जत गुमेको आमाको भनाइ छ । उनले आफ्ना लागि छोरी मरेसरह भएको बताइन् । 

ती युवतीका भाइले आफूहरूको कन्यादान गर्ने सोच भए पनि भागेर बिहे गरेकोले पिण्डदान गर्नु परेको बताए । 

२२ वर्षीया ती युवतीले २५ वर्षीय मोहम्मद अयाजसँग बिहे गरेकी थिइन् । उनीहरूले गत जनवरीमा बिहे गरेका थिए । उनीहरूले अदालतमा बिहे दर्तासमेत गरेका छन् । दैनिक भास्कर

salt training

कमेन्ट गर्नुहोस्