०२ साउन २०८३, शनिबार

बैरागी काँइला भन्छन्- लेखकले पाउने पुरस्कारमा कर लगाउन हुँदैन

जेठ ३०, २०८०
काठमाडौं
बैरागी काँइला भन्छन्- लेखकले पाउने पुरस्कारमा कर लगाउन हुँदैन

कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । 

मंगलवार गोरखापत्र संस्थानमा प्रकाशन हुने मधुपर्कको ५६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले लेखकले पाउने पुरस्कारमा कर लगाउनु उचित नभएको बताएका हुन् । 

लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कारमा भिन्नता रहेको उनको भनाइ छ । 

उनले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताए । लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर दिन नहुने उनको भनाइ छ ।  

सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन उनको जिकिर छ । 

salt training

कमेन्ट गर्नुहोस्