०३ साउन २०८३, आइतबार

अनलाइनबाटै नयाँ कम्पनी दर्ता र खारेजी निःशुुल्क गर्ने प्रक्रिया अगाडि बढाइयो

असार ५, २०८०
काठमाडौं
अनलाइनबाटै नयाँ कम्पनी दर्ता र खारेजी निःशुुल्क गर्ने प्रक्रिया अगाडि बढाइयो

कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुुल्क गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा  गरिएको  कार्यक्रम  कार्यान्वयनका  लागि  प्रक्रिया अगाडि बढाइएको हो ।

 कार्यालयका  रजिस्ट्रार  महेश  बरालले  बजेटमा  भएको  घोषणा  अनुसार  अनलाइनबाट  कम्पनी  दर्ता  र  खारेजीको  कार्यान्वयनका  लागि  कम्पनीहरूको  विवरण  अद्यावधिक  गर्न  सूचना  जारी गरिएको जानकारी दिए ।

आगामी साउन १ देखि नयाँ कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा शुल्क नलाग्ने  हुुँदा  ग्राहकलाई  सहुुलियत  हुुने  उनको  भनाइ छ । कम्पनी दर्ता र पुँजी वृद्धि निःशुुल्क गर्दा वार्षिक २२ करोड रुपियाँ बराबरको राजस्व भने कमी हुने उनले बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्