०८ साउन २०८३, शुक्रबार

फिल्म निर्माणको तयारीमा ‘बले’

असार १४, २०८०
काठमाडौं
फिल्म निर्माणको तयारीमा ‘बले’

‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माणको तयारी थालेका छन् । 

आफ्नै होम प्रोडक्सन बले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । १२ वर्षअघि ‘लोफर’ फिल्मबाट अभिनय यात्रा थालेका उनले यहि फिल्मबाट ‘बले’ उपनाम पाएका थिए । त्यसयता केही फिल्ममा अभिनय गरेका उनी चर्चामा भने चर्चित हास्य टेलिश्रृङखला ‘भद्रगोल’बाट आएका हुन् । 

अहिले ‘सक्किगोनि’मा नियमित देखिँदै आएका उनी म्युजिक भिडियोमा समेत उत्तिकै रुचाइएका छन् । 

दर्शकहरुको मायालाई आत्मसाथ गर्दै आफूले फिल्म निर्माण गर्ने सोच बनाएको उनले बताएका छन् । फिल्मको स्क्रिप्ट लेखन उनी आफैंले गरिरहेका छन् । 

कमेडी र प्रेमकथामा उनले फिल्म बनाउनेछन् । फिल्मको निर्देशक अहिलेसम्म फाइनल भएको छैन । 

मुख्य भूमिकामा अभिनय भने सागर स्वयंमको रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्