×

NMB BANK
NIC ASIA

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण

झापा | असार २६, २०८०

NTC
Premier Steels

‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ ।

Muktinath Bank

अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध धाममा बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाभारतकालमा अर्जुनले पर्जन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंवदन्तीका कारण धामको नाम अर्जुनधारा रहन गएको हो ।


Advertisment
Nabil box
Kumari

धामको मूल मन्दिर दक्षिणतिर पार्वती माताको भव्य मन्दिर र १०८ शिवलिङ्ग स्थापना गरिएको हो । बिर्तामोड नगरपालिका–३ निवासी कमल बस्नेत र झुमा बस्नेतले पार्वती मन्दिर र शिवलिङ्ग १ करोड ५० लाख रुपैयाँको निजी लगानीमा निर्माण गरिदिएको धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

Vianet communication

‘धामको गुरुयोजनामा पार्वती मन्दिर र १०८ शिवलिङ्ग बनाउने कुरा समावेश थियो,’ जोशीले भने, ‘हामी दाताको खोजीमा थियौं । त्यही बेला बस्नेत दम्पती आउनुभयो र आफ्ना बुबाआमाको स्मृतिमा बनाउँछौं भन्नुभयो ।” नवनिर्मित संरचना मन्दिरलाई हस्तान्तरण भइसकेको छ ।

अर्जुनधारा मन्दिरमा मूलतः शिवको पूजा आराधना गरिने हुँदा भक्तजनबाट पार्वती माताको मन्दिरको माग हुँदै आएको थियो । अब शिवको मन्दिर (मूल मन्दिर) र पार्वतीको मन्दिर नजिकै स्थापना भएपछि दर्शनार्थी प्रसन्न हुने गरेको जोशीले बताए । शिवलिङ्ग राखिएको स्थानमा प्रवेशद्वारबाट अघि बढ्दै जाँदा १०८ वटै शिवलिङ्गको दर्शन पूरा गरिसकेपछि मात्र बाहिरिन सकिने व्यवस्था मिलाइएको छ । पार्वती मन्दिरको छानो पेगोडा शैलीमै निर्मित छ । 

विक्रम संवत् २०२२ सालमा एउटा हात सूर्य भगवान्लाई चढाएको बताउने सल्यानका नरनाथ मिश्र नामक ‘सन्त खडे बाबा’ले स्थापना गरेको शिवालयको परिष्कृत स्वरूप नै अहिलेको अर्जुनधारा जलेश्वर धाम हो ।

काठमाडौंको पशुपतिनाथ मन्दिरकै शैलीमा अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको छाना ताम्रपत्रले पेगोडा शैलीमा निर्माण गरिएको छ भने यहाँ पनि ४ वटा ढोका छन् । अर्जुुनधारा पोखरी, पञ्च जलधारा, गणेश, हनुमान, गौमाता, नाग देवताका मन्दिरहरू, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकूल–पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानी निकालेको जलधारा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका गाईका आकर्षक मूर्तिहरू मन्दिर परिसरमा स्थापना गरिएका छन् ।

धामको गुरुयोजना अन्तर्गतको संरचना निर्माणमा १ अर्बको लगानी चाहिने धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताए । ‘गुरुयोजनामा समावेश गरिएका संरचना अब बनाइनेछ,’ अध्यक्ष गट्टानी भन्छन्, ‘धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय र आवासीय गरी ३ भागमा बाँडिएको छ । जसमध्ये धार्मिक क्षेत्र लगभग पूर्णरूपमा निर्माण भइसकेको छ ।’

धार्मिक क्षेत्रअन्तर्गत खडे बाबाको प्रतिमा स्थापना र उद्यान निर्माण भइसकेको छ भने परिक्रमा मार्ग बनिसकेको छ । धामका संस्थापक खडे बाबाको मूर्ति स्थापना र उद्यान निर्माणमा धामले आन्तरिक स्रोतबाट ६ लाख ५० हजार र कोशी प्रदेश सरकारको १५ लाख खर्च भएको छ । आवासीय क्षेत्रमा गुरुकूल भवन निर्माण भए तापनि सुरक्षा चौकी, संग्रहालय, चमेना गृह र खानेपानी ट्यांकी निर्माण भएको छैन । पर्यटकीय क्षेत्रमा पानीको फोहोरा सहितको आकर्षक बगैंचा निर्माण गरिने गुरुयोजनामा उल्लेख भए तापनि स्रोतको अभावमा यो बन्न सकेको छैन ।

७ तलाको आधुनिक अतिथि सदन निर्माणका लागि संघीय सरकारसँग ७ करोड बजेटको माग गरिएको अध्यक्ष गट्टानी बताउँछन् । धाम क्षेत्र साढे ५ बिघा क्षेत्रफलमा फैलिएको छ । १० कठ्ठाको पोखरी छ । विक्रम संवत् २०५५ सालको हुलाक टिकटमा यो धामको चित्र प्रकाशित भएको छ । मन्दिरमा दर्शनका लागि भारत, भूटान, म्यानमारदेखि हिन्दू पर्यटक आउने गरेको धामका व्यासाचार्य अग्निप्रसाद सिग्देलले बताए । मन्दिरको भेटी र दाताको चन्दा नै आन्तरिक स्रोत रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x