मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
काठमाडाैं | असार ३०, २०८०
हरेक व्यक्तिले भविष्यलाई लिएर मीठो सपना देखेको हुन्छ । कुलेन्द्र विश्वकर्मामा बाल्यकालमै अन्तरमनदेखि संगीतको झंकार पैदा हुन थालेको थियो । गायक बन्ने सपना देखेका थिए तर उनलाई न त गायक बन्न के गर्नुपर्छ भन्ने कुरा थाहा थियो, न त गायकको भविष्यबारे नै ज्ञान थियो । यति मात्र उनलाई थाहा थियो, गायकले गीत गाउँछन् ।
पर्वतको एउटा गाउँमा निम्न वर्गीय परिवारमा जन्मिएका कुलेन्द्रमा संगीतप्रति रुचि कसरी पलायो ? आजसम्म उनी स्वयंले यसको ठ्याक्कै जवाफ पाएका छैनन् ।
‘पर्वत आफैंमा सांगीतिक माहोल भएको ठाउँ हो तर म जन्मिएको गाउँमा त्यो माहोल थिएन,’ हालैको एक मध्याह्न लोकान्तरको स्टुडियोमा उनले आफ्नो बाल्यकाल सम्झिए, ‘बाहुन समाज बढी, त्यहाँ कहिलेकाहीँ भजन–कीर्तन, चुड्का हुँदा परैबाट सुन्थें । सांगीतिक माहोलमा म हिँडेको पनि होइन तर मेरो अन्तरहृदयमा संगीत थियो ।’
यद्यपि उनलाई बाल्यकालको एउटा घटना याद छ, जतिबेला उनी ३ कक्षामा पढ्थे । एकदिन नेपाली विषय पढाउने शिक्षक घरमा आएको समयमा चिना हेर्दै भनेका थिए – यो बाबु कलाकारितामा लाग्न सक्छ ।
कुलेन्द्रले सुनाए, ‘त्यसपछि त मेरो मनमा कलाकार बन्नुपर्छ भन्ने मात्र भयो, अरु केही सोच्दै सोचिनँ । शिक्षकले भन्नुभएको कुरा अहिले पनि ताजा लाग्छ ।’
गायक बन्ने सपना देखे पनि उनी समूहमा सुनाउँदैन्थे । गाउँथे त एक्लै घाँस–दाउरा गर्दा, गाईवस्तु चराउन जाँदा ।
उनले ६ कक्षामा गायन प्रतियोगितामा भाग लिएका थिए, त्यो पनि साथीहरूको करले । पहिलोपटक भाग लिएका उनी प्रथम भए । त्यसपछि पनि उनले उति साह्रो कार्यक्रममा भाग लिएनन् ।
देखेको सपना पूरा गर्न कहाँ त्यति सजिलो छ र ! परिवारको आर्थिक अवस्था कमजोर रहेकाले कुलेन्द्र एसएलसी दिएपछि विदेश जाने भए । त्यही योजनाअनुसार २०५९ सालमा काठमाडौं आएर कतार जाने प्रक्रिया अगाडि बढाए । ‘विदेश गएर ३ वर्ष कमाएर फर्कें भने परिवारको अवस्था अलि सुधार हुन्छ । गायनमा बरु फर्केपछि लाग्छु भन्ने सोच थियो,’ कुलेन्द्र भन्छन्, ‘तर मसँग अप्लाई गरेका सबै साथीहरूको भिसा आयो । म २–३ महिना उमेर नपुगेका कारण रोकिनुपर्यो ।’
काठमाडौंको जुन धरातलमा उनी उत्रिएका थिए, त्यो उनका लागि नितान्त नयाँ थियो । काठमाडौंका लागि उनी एक अपरिचित थिए । अपरिचित शहरमा उनले कामको खोजी गर्न थाले । विभिन्न काम गर्दै गाउने अवसरको खोजीमा दोहोरी साँझमा जोडिए । रातको समयमा पैदल हिँडेर दोहोरी साँझ जानु–आउनु उनका लागि कम्ता दुःखका दिन थिएनन् ।
दोहोरी साँझमा गाउँदा–गाउँदै उनले पहिलो गीत रेकर्ड गराए, ‘के छ हालचाल ।’ त्यो गीत राम्रै चल्यो ।
त्यसपछि ‘पश्चिम पूर्वको’ गीत गाउने अवसर पाए । यो गीतले भने उनलाई लाइमलाइटमा ल्याइदियो । यसपछि उनले लोक संगीतमा छोटो समयमै आफ्नो कलाको जादू छर्न सफल भए ।
‘त्यो गीत गाएपछि सांगीतिक कार्यक्रमको सिलसिलामा बहराइन पुगें । व्यावसायिक गीतहरू पनि गाउन थालें,’ उनी भन्छन्, ‘त्यतिबेला २–३ वटा गीत रेकर्ड गर्नु मेरो सामान्य दिनचर्या बनेको थियो । दिनमा ७–८ वटासम्म गीत गाएको अनुभव पनि छ । त्यसपछि आर्थिक हिसाबले पनि केही सुधार हुँदै गयो ।’
त्यो २०६४/६५ सालतिरको कुरा हो, जतिबेला लोकदोहोरीमा गायक राजु परियारको व्यस्तता ज्यादा थियो । उनलाई गीत गाउन महिनौं दिनसम्म कुर्न समेत लगानीकर्ताहरू तयार हुन्थे । त्यसबेलाका धेरै एल्बम छन्, जसमा ‘ए’ साइडमा राजुले स्वर दिएका हुन्थे, ‘बी’ साइडमा कुलेन्द्रको स्वर हुन्थ्यो ।
कुलेन्द्रलाई गीतको अफरले पछ्याइरह्यो । उनले नाइनास्ती नगरी गाउँदै गए, गीतहरू हिट हुँदै गए । ‘जोगीको भेषैमा’, ‘नजाउ है सानु पधेरीमा’, ‘तिमीलाई पछुतो हुने दिन’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायौ’, ‘डाँडै फुर्के सल्लो’ ‘मायाले के–के गरायो’ जस्ता मोहनी गीतले कुलेन्द्रलाई अविच्छिन्न सफलता दिइरहे । ४ वर्षअघि सार्वजनिक ‘सालको पातको टपरी’ले लोकदोहोरी क्षेत्रमा नयाँ आयाम थप्यो ।
भा’को एउटा जाली रुमाल फूल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना
हे बरै
सालको पातको टपरी हुने हे बरै, नहुने सल्लैको
नवराज पन्तको शब्द, वसन्त थापाको संगीत, आशिष अविरलको एरेन्ज, कुलेन्द्र र विष्णु माझीको स्वर रहेको यो गीतले स्रोता–दर्शकलाई मोहनी लगाइदियो । शहरदेखि गाउँसम्म गीत घन्कियो । यति चर्चित बन्यो कि अहिलेसम्म पनि गीतको चर्चा उस्तै छ । भिडियोलाई अहिलेसम्म ८ करोड ८३ लाख बढी पटक हेरिसकिएको छ ।
अहिले पनि स्टेजमा स्रोता–दर्शकले आफूबाट सबैभन्दा धेरै खोज्ने गीत यही रहेको कुलेन्द्र बताउँछन् । दर्शकको प्रिय भएकै कारण एउटै स्टेजमा लगातार ८ पटकसम्म यो गीत गाएको अनुभव कुलेन्द्रसँग छ । आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट गीतका रूपमा उनी ‘सालको पात’लाई लिन्छन् । त्यसयता पनि उनका गीतहरू हिट छन् ।
मेलिना राईसँग गाएको ‘मलाई देखेर’देखि गत वर्ष सार्वजनिक गीत ‘जलजला’ करोड क्लबमा प्रवेश गरिसकेका छन् ।
कुलेन्द्र विश्वकर्माले करिअरमा सबैभन्दा धेरै गीत विष्णु माझीसँग गाएका छन् । ठ्याक्कै टिपोट नगरे पनि ५०० हाराहारी गीत आफूले विष्णुसँग गाएको कुलेन्द्र बताउँछन् । धेरै हिट गीतहरू पनि विष्णुसँग गाएका छन् । जसमा ‘पश्चिम पूर्वको’, ‘डाँडै फुर्के सल्लो’, ‘नजाउ है सानु पधेरीमा’, ‘रुमाल हल्लाई हल्लाई’देखि ‘सालको पातको टपरी’ लगायतलाई लिन सकिन्छ ।
यद्यपि पछिल्ला वर्षमा भने विष्णुसँग सहकार्य हुन नसकिरहेको कुलेन्द्र बताउँछन् । ‘सालको पातको टपरीपछि उहाँसँग सहकार्य हुन सकेन,’ उनी भन्छन्, ‘म चाहन्छु उहाँसँग अझै धेरै गीत गाउन पाइयोस् तर फेरि काम गरौं भन्ने वातावरण भएन ।’
विष्णुसँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने वातावरण पनि नहुँदा पछिल्लो समय सहकार्य हुन नसकिरहेको उनले बताए ।
राम्रो गला भएको व्यक्ति रिजर्भ बस्नुभन्दा गीत गाउनु राम्रो हुने विष्णुलाई कुलेन्द्रको सुझाव छ । कुलेन्द्रले लोकदोहोरीका अग्रजदेखि अहिलेको पुस्ताका गायिकाहरूसँग सहकार्य गरेका छन् । विमाकुमारी दुरा, शर्मिला गुरुङ, लक्ष्मी न्यौपानेदेखि देवी घर्ती, पूर्णकला बिसी, शान्तिश्री परियार, सुनिता बुढा क्षेत्रीसँग उनले थुप्रै गीतमा सहकार्य गरेका छन् ।
गाउने मात्र होइन, कुलेन्द्र म्युजिक भिडियोमा अभिनय समेत गर्दै आएका छन् । गत बिहीवार मात्रै पनि उनको स्वर र अभिनय रहेको ‘आँखैमा बसेकी मायालु’ गीत सार्वजनिक भएको छ । ‘जोगीको भेषैमा’देखि ‘सालको पात टपरी’सम्मका हिट गीतका भिडियोमा पनि कुलेन्द्र स्वयं देखिएका छन् ।
लोकदोहोरी क्षेत्रमा आफ्नो गीतमा आफैं अभिनय गर्नेमा मिलन लामापछि सम्भवतः यिनै कुलेन्द्र पर्छन् । आफ्ना मात्रै होइन, उनले व्यावसायिक रूपमा समेत मोडलिङ गर्दै आएका छन् ।
उनी आफूलाई मोडल भन्न भने रुचाउँदैनन् । यद्यपि भिडियोमा देखिनु केही हिसाबले आवश्यक पनि देखिएको उनी बताउँछन् । ‘आफूले गाएको गीतमा आफैं देखिँदा बजारमा सहज तरिकाले चिन्ने अवस्था पनि हुने भयो । अहिले भिडियो बनाउन प्रसस्त बजेट लाग्छ, यस्तो अवस्थामा आफैं देखिँदा खर्चको बचत पनि भयो,’ उनले प्रस्टयाए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष एवं पर्वत कलाकार समाजका अध्यक्ष समेत रहेका कुलेन्द्रले अहिलेसम्म ३ हजार हाराहारी गीतमा स्वर दिएका छन् ।
पछिल्लो समय लोकदोहोरीको बजार सोचेजस्तो नभएको बुझाइ उनको छ । ‘केही वर्ष पहिले हामीले सालको पातको टपरी गीत गर्दा लोकगीतको बजार अस्तव्यस्त थियो । त्यसपछि त्यो धार बोकेका गीतहरूको लहर आएको थियो,’ उनी भन्छन्, ‘अहिले पनि राम्रा सिर्जनाहरूले ठाउँ पाएका छन् तर यो धारका सिर्जनाहरू चलिरहेका छन् भन्न सक्ने अवस्था चाहिँ अहिले छैन ।’
अहिलेको सांगीतिक बजार टिकटकमा अडिएको देखिन्छ । टिकटकका कारण दर्शक स्रोतामा गीतहरू छिटो पुगेको पाइन्छ । यद्यपि टिकटकको प्रयोग व्यापक भएपछि समग्रमा यूट्युब भ्युज घटेको बुझाइ कुलेन्द्रको छ ।
‘टिकटकको सबैभन्दा ठूलो फाइदा चाहिँ यसले प्रतिभा देखाउने राम्रो प्लेटफर्म दिएको छ,’ उनी भन्छन् । हिजो रोजगारीका लागि विदेश जान नपाएका कुलेन्द्र आज गीत गाउनका लागि थुप्रै देश पुगिसकेका छन् ।
‘भिसा नलाग्नु पनि मेरो लागि राम्रो भयो । लागेर विदेश गएको भए आर्थिक रूपमा त राम्रै हुन्थ्यो होला तर कलाकार बन्न सक्थें वा सक्थिनँ ?’ उनी कहिलेकाहीँ सोच्छन् ।
उनले जे–जति कमाएका छन्, संगीतबाटै कमाएका छन् । सांगीतिक क्षेत्रबाट उनी खुशी रहेको सुनाउँछन् । सांगीतिक क्षेत्रबाट कहिल्यै टाढा हुन नपरोस् भन्ने चाहना उनको छ । आगामी योजनाबारे भन्छन्, ‘गीतसंगीतमा काम गर्ने योजना सधैंभरी रहन्छ । समय फेरिन्छ । स्रोता दर्शकहरूको रोजाइ फेरिन्छ । उहाँहरूले जस्तो स्वाद खोजिरहनुभएको छ, त्यस्तै गीतहरू दिन सकौं भन्ने लाग्छ ।’
तस्वीरहरू : विश्वास खनाल/लोकान्तर डटकम
कुलेन्द्र विश्वकर्मासँगको भिडियो कुराकानी
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...