१० साउन २०८३, आइतबार

मतदाताका प्रश्नले उम्मेदवार असिनपसिन

कात्तिक २०, २०७४
मतदाताका प्रश्नले उम्मेदवार असिनपसिन
रौतहट, २९ भदौ– असोज दुईमा हुन लागेको तेस्रो चरणको चुनावको अन्तिम प्रचार प्रचारमा दलहरु व्यस्त छन् ।
स्थानीय तहमा धेरै सीट जित्दै पहिलो दल बन्ने होडबाजीमा नेपाली कांग्रेस र एमाले रहेका छन् भने आफ्नो अवस्था सुधार गर्ने अभियानमा माओवादी केन्द्र रहेको छ ।

आफ्नो प्रतिस्ठाको लडाइको रुपमा दुई नम्बर प्रदेशलाई लिएको राजपा लगातका तराई केन्द्रीत राजनीतिक दलहरुपनि चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।

नेकपा एमालेका नेता माधव कुमार नेपालको संसदीय क्षेत्रको रुपमा रहेको रौतहटमा पनि चुनावी सरगर्मी निकै तातेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भीडन्त हुने अनुमान गरिएको रौतहटको चन्द्रपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवार लागि परेका छन् ।

चन्द्रपुर नगरपालिकामा कांग्रेस तर्फबाट मेयरका उमेदवार रामचन्द्र चौधरी एमालेका उद्धव रेग्मी, माओवादी केन्द्रका समीर भट्टराई, राजपाबाट मोहन चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी लक्ष्मी बराल, एमालेकी रामरति चौधरी, माओवादी केन्द्रकी देवकी नेपाल लगायत मैदानमा उत्रिएका छन् ।

चन्द्रपुर नगरपालिका क्षेत्र एमाले नेता माधव नेपालको संसदीय क्षेत्र भएपनि यो क्षेत्रमा कुनै एक राजनीतिक दलले मात्र चुनाव जितेको इतिहास छैन । त्यसै कारण पनि यो नगरपालिकाको कुर्सीमा कुन दल बस्न सफल हुन्छ त्यसका लागि चुनावी परिणामसम्म कुर्नुपर्ने हुनछ ।

बाहुन, थारु, तामाङ मुस्लिमको बाहुल्यता रहेको यो क्षेत्रमा जातियतले समेत काम गर्ने अनुमान राजनीतिक नेतृत्वको छ ।


के भन्छन् मतदाता

बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट आफ्नो क्षेत्रको विकास निर्माणले गति लिने मतदातको स्वभाविक अपेक्षा रहेको छ । तर आफूहरुले चाहेजस्तो कम जनप्रतिनिधिले गर्नेमा भने मतदाता ढुक्क देखिएनन् ।

चन्द्रपुर नगरपालिका सन्तपुरका ४१ वर्षीय उद्धव तिमल्सिनाले स्थानीय क्षेत्रको विकास गर्ने योजना भएको उम्मेदवारले जित्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्,‘राम्रो मान्छे आए हुन्थ्यो समाजसेवा गेर्ने, बाटो, स्वास्थ्य, शिक्षा विकास निर्माणमा योगदान दिनसक्ने व्यक्तिले चुनाव जिते स्थानीय प्रतिनिधि भएको भान हुने थियो ।’

सन्तपुरकै ५२ वर्षीय सत्य नारायण गिरीले सवै दलले एकै खालको कुरा गरेको कराण कसलाई मतदान गर्ने निर्णय नगरिसकेको बताए । उनले सवै दलले आश्वाससन दिएको बताए । अर्का मतदाता रत्नदाख खतिवडाले समाज परिवर्तन गर्न सक्ने मानिसको खोजी भइरहेको बताए । उनले भने,‘हामी यस्तो उम्मेदवारको खोजिमा छौं जसले रोजगारीका अवसरहरुको सिर्जना गर्न सकोस्, विकास निर्माण, शिक्षा स्वास्वास्थ्य खानेपानी, गरिबी लगायतका समस्या समाधान गर्न सकोस् ।’

के भन्छन् उम्मेदवार

चुनाव प्रचार–प्रसारका क्रममा भेटिएका नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामचन्द्र चौधरीले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्या समाधानका लागि काम गर्ने बताए । उनले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने बताए ।

नेकपा एमालेले हिमाल, पहाड र तराईलाई छुट्याएको आरोप लगाउँदै चौधरीले हिमाल, पहाड र तराईमा जोड्ने काम नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकाले आफ्नो जीत निश्चित भएको दाबी गरे ।

चन्द्रपुर नगरपालिको एमाले सांसद रामकुमार भट्टराई को क्षेत्र हो । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका थिए । त्यसका कारण पनि नेकपा एमाले आफूले चुनाव जित्नेमा आशावादी छ ।

एमाले उम्मेदवार उद्धव रेग्मीले एमालेले लिएको राष्ट्रियताको अडानले सवै नेपालीलाई जोडेकोले तराईको क्षेत्रहरुमा एमालेको उपस्थिति राम्रो हुने बताए । रेग्मीले स्थानीय तहमा मतदाताको अपेक्षा धेरै भएका कारण त्यसलाई सम्बोधन गर्ने गरि आफूले काम गर्ने बताए ।

एमालेको घोषणा पत्र र स्थानीय तहको आवश्यकताको आधारमा काम गर्ने प्रतिवद्धता जारी गर्दै उनी मतदाताको घर दैलोमा पुगिरेका छन् ।

उनले माओवादीका अध्यक्ष प्रचण्डले अड्डा कसेर बसेको भएपनि यो क्षेत्रमा आफ्नो जीत निश्चित भएको दाबी गरे ।

मतदातको प्रश्नले उम्मेदवार असिनपसिन !

चुनाव आएपछि मात्र मतदातको घर दैलोमा उम्मेदवार र राजनीतिक दलका नेता पुग्ने गरेको आरोप नयाँ होइन । तर स्थानीय क्षेत्रका व्यक्ति नै उम्मेदवार हुने भएकाले उनीहरुको सम्पर्क र पहुच मतदाताको पुगेको हुन्छ । तर पनि आफूलाई जीताउन मत माग्न मतदातको घर दैलोमा पुगेका उनीहरु मतदातको प्रश्नको सामना गर्दा भने निरीह देखिए ।

सवै दलका उम्मेदवारले एउटै र समान खालको आश्वासन दिएपछि मतदाताले त्यसलाई थप प्रस्ट पार्न उम्मेदवारहरुलाई दबाब दिएका छन् । त्यस्ते मतदाताले बाढी र समस्याका बेलामा राजनीतिक दल कहाँ थियौं भन्दै प्रश्न गर्दा उम्मेदवारहरु नाजवाफ भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्