×

NMB BANK
NIC ASIA

कांग्रेस केन्द्रीय समितिको बैठक कति सफल कति असफल ?

काठमाडाैं | साउन १३, २०८०

NTC
Premier Steels

११ महिनापछि बसेको कांग्रेस कार्यसमितिको बैठक निक्कै पेचिलो हुने भनिए पनि औसत निर्णयमै सीमित हुन पुगेको छ । गत स्थानीय तह निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन, सत्ता गठबन्धनको सकस, उपनिर्वाचन, आन्तरिक भद्रगोल संरचनासहितका विषयमा घनीभूत विमर्श र निर्णय पुग्ने आकलनकाबीच बैठक सामान्य अवस्थामा सकिएको टिप्पणी नेताहरूले गरेका छन् । 

Muktinath Bank

सभापतिले काम गर्नै नदिएको महामन्त्रीद्वयको आरोपपछि यसपटक बैठक पेचिलो हुन सक्ने आकलन थियो । तर सभापति शेरबहादुर देउवाले सात दिनसम्म चलेको बैठक चलाखीपूर्ण रुपमा ‘लाइभ’ गराइदिए । यसैले बैठकमा नेतृत्वको आलोचना र प्रशंसा गर्ने दुवै पक्ष औसत रुपमा प्रस्तुत हुन पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवाले बैठक लाइभ गर्नु नवीन अभ्यास भएको मात्रै बताएनन् अपेक्षा गरे अनुसार विरोधको सामना पनि गर्नु नपरेको बताए । नियमित २ महिनामा बैठक बस्ने कुरालाई पनि देउवाले सहजै स्वीकार गरिदिएका छन् । २ देखि १० साउनसम्म बसेको केन्द्रीय समितिको बैठकले अर्को बैठक आगामी असोज २ देखि बस्ने निर्णय नै गर्‍यो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

पार्टीहरूको इतिहासमा बैठक प्रत्यक्ष देखाएर नयाँ इतिहास बनाएको भन्दै देउवाको चौतर्फी प्रशंसा भएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि बैठक प्रत्यक्ष प्रशारण गरेर कांग्रेसले आफूलाई खुला, जिम्मेवार र थप प्रजातान्त्रिक पार्टीका रुपमा उभ्याएको बताए । शुरूमा केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रशारणलाई नपत्याए पनि शुरू भएपछि सहज रुपमा लिएको उनको भनाइ छ । 

कांग्रेस नेता गुरु घिमिरे लाइभ गरेर नयाँ अभ्यास गरिए पनि एउटा जिम्मेवार पार्टीका रुपमा के गर्ने भन्ने विषय प्रष्ट रुपमा बाहिर नआएको टिप्पणी गर्छन् ।

‘पार्टीको जीवनमा बैठक लाइभ नै गरेर एउटा नयाँ अभ्यास गरेको देखियो । तर लाइभ नै गरे पनि आन्तरिक र रणनीतिक कुरा के बाहिर ल्याउने र के भित्रमात्रै सल्लाह गर्ने भन्नेमा पनि हेक्का राख्नुपर्थ्यो त्यस्तो भएन’ घिमिरे भन्छन्, ‘बैठक लाइभ गर्ने भनेपछि नेताहरू खुल्न सकेनन्, न टिप्पणी गर्नुपर्ने ठाउँमा खुल्न सके, न राम्रो गरेको ठाउँमा प्रशंसा नै गर्न सके । यसैले बैठक सार्थक परिणामुखीभन्दा औसत हुन पुग्यो ।’

पछिल्लो उपनिर्वाचनपछि त कांग्रेसको लागि झन् बढी चुनौती थपिएको भन्दै घिमिरे युवा, महिला, किसानसहितका नागरिकलाई आश्वस्त बनाउन नसक्नु कमजोरी भएको बताउँछन् ।

null

‘बैठक लाइभ गरेर नवीन सन्देश दिँदा कांग्रेस युवा पुस्तालाई प्रभाव पार्ने कार्यक्रम ल्याउँदै छ । किसान र नागरिकका जनजीवनका सवालसँग साँच्चै सिरियस छ भन्ने सन्देश दिन सक्नुपथ्यो । नागरिकले भोगेका समस्यालाई सम्बोधन गर्न र सरकारलाई सुझाव दिन टोली बनाएर नेता खटाउने जस्ता कार्यक्रम ल्याउन सक्नुपर्थ्यो यो काम पार्टीले गर्न सकेन’ घिमिरे भन्छन्, ‘हजारौं विद्यार्थी विदेश गइरहेका छन् । यसरी वर्षकै चार/पाँच लाख युवा विदेश पलायन भइरहने हो भने २० वर्ष जतिमा नेपाल रित्तिन्छ । यहाँ कोही युवा हुँदैनन् । आर्मी, पुलिस, लोकसेवामा फर्म भर्ने नागरिकको समेत अभाव हुन सक्छ । तर हामी यस्ता संवेदनशील विषयतर्फ सार्थक बहस गरिरहेका छैनौं ।’

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी नक्कली भुटानी शरणार्थी प्रकरणमा गोलमटोल निर्णय आए पनि विधान कार्यान्वयनलाई तालिकाबद्ध अगाडि बढाउने विषय सकारात्मक भएको बताउँछन् । 

‘पार्टीमा सबै कुरा हामीले चाहेजस्तो मात्रै हुँदैन । सुशासन, भ्रष्टाचारमा जोडिएका विषयमा हाम्रो धेरै चासो थियो । यसमा गोलमटोल निर्णय आयो । तर पनि यसमा महामन्त्रीको फरक मत दर्ज भएको छ’ शिवाकोटी भन्छन्, ‘विधानको कार्यान्वयनलाई अगाडि बढाउन एक पाइला चालिएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने र केन्द्रीय समितिको अर्को बैठकको मिति तोक्ने काम पनि उत्तिकै राम्रा छन् । अरु विषयमा भने औसत निर्णय आएका छन् ।’

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडा पनि कांग्रेस पार्टी निरन्तर जनताको समस्यामा केन्द्रित छ भनेर देखाउन अग्रसर हुनुपर्नेमा केही कमजोरी भएको बताउँछन् । 

null

‘चुनाव भयो तर प्रधानमन्त्री र गठबन्धन फुत्कियो । तर पनि चुनाव, राष्ट्रपतिको निर्वाचन, उपनिर्वाचन जस्ता विषयमा समय लागेकोले सबैको सहमतिमा बैठक सार्दै आएको अवस्था हो । सबैको सहमतिमा सारियो भन्नेमा उस्तै बुझाई छ’ खतिवडा भन्छन्, ‘बैठकले गठनबन्धन कसरी तोडियो र जोडियो भन्नेमा प्रष्ट पार्‍यो । तर नागरिकका जनजिवीकाका सवाल र समस्यालाई सम्बोधन गर्न कांग्रेसले जुन तत्परता देखाउनुपर्थ्यो त्यो भने बैठकबाट आएन ।’

अरू पार्टीमा मोबाइल फोनसमेत बोक्न प्रतिबन्ध रहेकोमा कांग्रेसले ७ दिनसम्म बैठकको प्रत्यक्ष प्रसारण गर्नु सबैभन्दा ठूलो उपलब्धि भएको खतिवडा बताउँछन् । 

‘लाइभ गरेपछि भित्र के कसरी प्रक्रिया हुँदो रहेछ सबैले देख्न पाए । नेताले कसरी बोल्छ, मुद्दाका गहिराइसँग कसरी पुग्छ सबै कुरा आए । गाली गर्ने, कराउने भन्ने एकथरीको तयारी थियो । तर बैठक प्रत्यक्ष भएपछि अनावश्यक भन्दा विषय केन्द्रित हुन सबैलाई कर लाग्यो’ खतिवडा भन्छन् । 
यसअघि बैठकका नीति र विशेष महाधिवेशनको चर्चा गर्ने केही नेताको तयारी थियो । तर बैठकले नीति महाधिवेशन होइन महासमिति बैठकले नै नीतिगत महाधिवेशनको पनि काम गर्ने निर्णय गरिदियो ।

‘विशेष महाधिवेशन बोलाएर सभापति हटाउने तागत कसैको थिएन । केहीको माग गर्ने तयारी भए पनि त्यस्तो भएन’ खतिवडा भन्छन्, ‘अब नियमित बैठक बस्ने पक्का हुँदा उपलब्धि नै मान्नुपर्छ ।’

कांग्रेसभित्र १० पुसमा सत्ता गठबन्धन भत्किनुलाई ठूलो दुर्घटनाको रुपमा लिइएको थियो । तर पार्टीले गल्ती महसुस गरेर सरकारलाई विश्वासका मत दिँदै राष्ट्रपति पद आफ्नो दलमा ल्याउन सक्नुलाई कांग्रेसले सफलता मानेको छ । 

मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने, संगठन सुदृढीकरण अन्तर्गत साउन २० देखि ३० गतेसम्म आन्तरिक र भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियानको निर्णय बैठकले गर्‍यो । भद्रगोल अवस्थामा रहँदै आएका विभिन्न संरचनाबारे भने बैठकले कुनै पनि प्रष्ट निर्णय गर्न सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x