×

NMB BANK
NIC ASIA

माधव नेपालको विदेश मोह

एकीकृत समाजवादीमा निरन्तर पहिरो, माधव नेपालको ध्यान महिनैपिच्छे विदेश यात्रामा

काठमाडाैं | साउन १५, २०८०

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रायः विदेश भ्रमणमा गइरहन्छन् । उनी इन्डोनेसिया भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका हुन् । ‘विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदान’ विषयमा विचार व्यक्त गर्न उनी एक साताअघि इन्डोनेसिया पुगेका थिए । 

Muktinath Bank

त्यहाँ उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा नेपालको कम्युनिस्ट पार्टीको इतिहासबारे पनि लामो व्याख्या गरे । नेपालले कम्युनिस्टबीचको विवाद, झगडा, टुटफुटको अनेकन श्रृंखलाका फेहरिस्त प्रस्तुत गर्दै गर्दा उनकै पार्टी समाजवादी पनि उस्तै तनावबाट गुज्रिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी ८ साउनमा कम्युनिस्टबारे प्रवचन दिन इन्डोनेसिया पुगेका थिए । त्यसको एक दिनअघि मात्रै उनको पार्टीको रामेछाप जिल्ला नेतृत्व एमालेमा प्रवेश गरेका थियो । ७ साउनमा एकीकृत समाजवादीका रामेछाप अध्यक्ष रमेश बस्नेतसहित नेता एमालेमा फर्किएका हुन् । 


Advertisment
Nabil box
Kumari

यसअघि एकीकृत समाजवादीका तनहु, दाङ, गुल्मी, अछाम, रसुवा, डोल्पा, मकवानपुर र जुम्लाका अध्यक्षसहित नेता–कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । नेपालकै गृह जिल्ला रौतहटका दर्जनौं नेता कार्यकर्तासमेत एमालेमा प्रवेश गराइसकेका छन् । यीबाहेक झापा, काभ्रे, सर्लाहीसहितका धेरै जिल्लाबाट प्रभावशाली हजारौं नेता–कार्यकर्ता एमालेमा फर्किनबाट उनले रोक्न सकेनन् । 

Vianet communication

आफ्नो पार्टी एकीकृत समाजवादी खिइँदै गएका बेला उनको विदेश दौडाहा भने रोकिएको छैन । ८ साउनमा इन्डोनेसिया जानुअघि नेपाल श्रीलंकाबाट २१ असारमा मात्रै स्वदेश फर्किएका थिए । नेपाल श्रीलंकन कम्युनिस्ट पार्टीको ८० औं स्थापनाको अवसरमा सहभागी हुन पुगेका श्रीलंका पुगेका थिए । इन्डोनेसिया जाँदा नेपालले मलेसिया र सिंगापुरको समेत भ्रमण गर्दै राजनीतिक भेटघाट गर्न भ्याएका थिए । 

विदेशी भूमि र मञ्चमा कम्युनिस्ट पार्टीका उतारचढावबारे धारा प्रवाह बोल्ने, पढाउने नेपालको पार्टीबाट नेता कार्यकर्ताको बहिर्गमन भने रोकिएको छैन । न पार्टीले चुनावबाट बलियो जनमत बटुल्यो, न संगठनात्मक रूपमा पार्टी चुस्त हुन सकेको छ ।

नेपालले आफैंले योगदान गरेर हुर्काएको र लामो समयसम्म नेतृत्वमा रहेको एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेको धेरै भएको छैन ।  नेपालले २०७८ भदौ २ गते आफ्नै नेतृत्वमा समाजवादी पार्टीको घोषणा गरेका थिए । तर, गठबन्धन बनाएर कहिले शेरबहादुर देउवा त कहिले प्रचण्ड नेतृत्वको सरकारमा जाने, पार्टी जोगाउन केही सांसदलाई मन्त्री बनाउनेबाहेक पार्टी फुटाउनुको औचित्य नेपालले पुष्टि गर्न सकेका छैनन् ।

तर, नेपालले विदेशी भूमिमा पुगेर कम्युनिस्ट पार्टीको इतिहास र भूमिकाबारे प्रवचन दिइरहँदा उनकै पार्टीमा भने निरन्तर क्षयीकरण भइरहेको छ । स्वदेश फर्किएपछि नेपालले समाजवादी विद्यार्थी मोर्चाले आइतबार ललितपुरमा गरेको कार्यक्रममा कम्युनिस्ट र समाजवादी आन्दोलनबारे लहर आइरहेको बताएका थिए । 

‘ल्याटिन र मध्य अमेरिकी देशहरू अर्जेन्टिना, मेक्सिको, होन्डुरस, चिली, ब्राजिलमा वामपन्थी सरकार क्रियाशील छन् । अफ्रिका र युरोपमा श्रमिक आन्दोलनबाट समाजवादी आन्दोलन अगाडि बढेका छन्,’ नेपालले भने, ‘उनीहरूका आ–आफ्ना अनुभव र अभ्यास छन् ।’
नेपालले कम्युनिस्ट र समाजवादी व्यवस्थामा लहर आइरहेको चर्चा गरिरहँदा उनकै समाजवादीमा भने नेता कार्यकर्ताले छोड्ने लहर बढिरहेको छ । 

पार्टी स्थापना भएको दुई वर्षयतादेखि नेता कार्यकर्ताको बहिर्गमनलाई नेपालले रोक्न सकेका छैनन् । केही समयअगाडि एमालेबाट घनश्याम भुसाललाई पार्टीमा फर्काउन नेपाल सफल भए । तर, गत वैशाख ९ मा प्रभावशाली नेता मुकुन्द न्यौपाने, चूडामणि जंगली, छविलाल श्रेष्ठ, हरि श्रेष्ठ, माया अधिकारीसहितका दर्जनौं नेता एमाले प्रवेश गरेका थिए । त्यसभन्दा अघि र पछि पनि एमालेले केही दिनको अन्तरमा देशैभरबाट समाजवादीका नेता कार्यकर्तालाई निरन्तर पार्टीमा भित्र्याइरहेको छ । 

नेता कार्यकर्ताको पलायन रोक्न कठिन बनिरहेको नेपालको पार्टीको सत्ता शक्तिमा पनि दरिलो उपस्थिति छैन । मंसिर ४ मा भएको निर्वाचनमा गठबन्धन गरेर १० सिट जित्न नेपालको पार्टी सफल भएको थियो । तर, समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन । केही हजार भोटले नपुग्दा समानुपातिकबाट प्राप्त हुन सक्ने चार सिट पनि गुम्यो । चुनावमा कमजोर देखिएको पार्टीबाट हजारौं नेता–कार्यकर्ता पलायन भएपछि उनको पार्टी संकटोन्मुख देखिएको छ । नेपाललाई सत्ता गठबन्धनको आड भरोसाले केही राहत मिले पनि पार्टीभित्र चरम असन्तुष्टि र संकट देखिएको छ । 

नाम समाजवादी दिइए पनि कम्युनिस्टसँग मिलेर जाने कि कांग्रेससहितका शक्तिसँग मिल्ने भन्नेमा कहिल्यै समान मत बनेको छैन । नेता झलनाथ खनालदेखि रामकुमारी झाँक्रीसम्म नेपालसँग असन्तुष्ट छन् । खनाल कम्युनिस्ट पार्टीबीच एकता गरेर जानुपर्ने, नभए एमालेमै फर्किनुपर्ने तर्क गर्न थालेका छन् । 

एकीकृत समाजवादीका एक नेता भने रामकुमार झाँक्रीको तर्कको पछाडि लाग्न नहुने बताउँछन् । ‘हिजो बोल्न पाइन्छ भनेर मुखबाट टेप उप्काउने पनि उनै हुन् । पार्टीमा अवसर आउँदा मन्त्री खाने पनि उनै हुन्,’ ती नेताले भने, ‘अब अहिले अरूले अवसर पाउँदा असन्तुष्टि जनाउने झाँक्रीको पछाडि लागेर हुँदैन ।’

नेपाललाई कतिसम्म गाह्रो परिरहेको छ भने १० सांसदमध्ये असन्तुष्टहरू कतिखेर एमालेमा पुग्ने हुन् भन्ने पनि अत्तोपत्तो छैन । प्रेम आले, किसान श्रेष्ठसहितका नेताले जतिखेर पनि पार्टी फुटाइदिन सक्ने जोखिम नेपाललाई छ । आफूले भनेजस्तो नभए जतिखेर पनि पार्टी फुटाइदिने चेतावनी यी नेताहरूले दिने गरेका छन् । 

‘विभाजनको औचित्य पुष्टि गर्न सकेनन्’
राजनीतिक विश्लेषक मुमाराम खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दाको संघर्ष सही भए पनि नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताए । संसद् विघटन गलत भएको भन्दै त्यो ट्रयाकमा ल्याउँदासम्म मात्रै नेपालको संघर्ष उचित भएको उनी बताउँछन् ।

‘संसद विघटनको मुद्दा गलत थियो । विघटनविरुद्ध माधव नेपालले लिएको अडान र मत प्रष्ट र आवश्यक थियो । तर त्यसपछि पार्टीको लक्ष्य सत्तालाई मात्रै बनाएको देखियो,’ खनालले भने, ‘न पार्टी विभाजनको औचित्य पुष्टि गर्न सके न एमालेभन्दा पृथक छौं भनेर प्रमाणित गर्न सके । यसैले नेता कार्यकर्ताले विभाजनको औचित्य नदेखेपछि एमालेमै फर्किने निधो गरेका हुन् ।’

एमाले नोकरशाही संरचनाको पार्टी भएकोले जानासाथ शक्ति पाइने लोभ धेरैमा देखिएको खनालको भनाइ छ ।  ‘एमाले नोकरशाही संरचनामा उभिएको पार्टी हो । यसमा जानासाथ शक्ति प्राप्त हुन्छ । आफैं राजनीतिक पृष्ठभूमि र शक्ति आर्जन नगरी यो दलमा शक्ति पाइने भएपछि समाजवादीबाट एमालेमा नेता कार्यकर्ताको फर्किने लहर छ,’ खनाल भन्छन्, ‘यसैले अब माधव नेपाललाई नेकपा एसका नाममा पार्टीलाई निरन्तर क्रियाशील बनाइरहन कठिन देखिन्छ ।’

अहिलेकै पार्टीको हैसियतमा नेपाललाई राजनीति गर्न र अरुसँग पार्टीसँग प्रतिस्पर्धा गर्न कठिन हुने खनाल बताउँछन् । ‘नेपालले पार्टी विभाजन र नयाँ पार्टी स्थापनाको पुष्टि दुई वर्षमा गर्न सकेनन् । एमालेसँग अरूलाई सहज भए पनि नेपाललाई हुने देखिँदैन । यस्तोमा कि एमालेमै फर्किने कि माओवादीसँग एकीकरण गर्नुपर्ने विकल्प उनीसामु छन्, खनालले भने, ‘थप विकल्पमा अहिले अस्तित्वमा रहेको समाजवादी मोर्चामा आवद्ध धेरै दलको एउटा नयाँ खालको पार्टी खोल्ने पनि हुन सक्छ । कतै पार्टी बिसाउनुभन्दा अरुसँग मिलेर मौलिक पार्टी बनाउन खोज्दा सहज हुन्छ कि भन्ने बुझाइ नेपालमा देखिन्छ ।’

खनालले भनेजस्तै ४ असारमा घोषणा भएको समाजवादी मोर्चालाई अस्तित्वमा ल्याउन नेपाल सबैभन्दा इच्छा देखाएका थिए । अहिले मोर्चाको संयोजकसमेत नेपाल छन् ।​

‘पार्टी छोडेर जाने नियत भएकालाई पनि कुनै कार्यक्रमले रोक्न सकिँदैन’ 

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा आकर्षक कार्यक्रम ल्याएर नेता कार्यकर्ताको बहिर्गमन रोक्न सकिने बताउँछन् । धेरै नेता कार्यकर्ताले पार्टी छोड्दा राम्रो योजना र कार्यक्रमको विकल्प नभएको उनको भनाइ छ । ‘राम्रा कार्यक्रम ल्याउँदै गइयो भने नेता कार्यकर्तालाई आकर्षित गर्न सकिन्छ,’ खतिवडाले भने, ‘तर पार्टीका कार्यक्रममा विश्वास भएन भने नेता कार्यकर्ताले पार्टी छोड्दै जाने हुन् ।’ 

पार्टीबाट बाहिरिन खोज्ने नियत भएकालाई कुनै कार्यक्रमले पनि नरोक्ने उनको तर्क छ । ‘पार्टीमा संठगित भए पनि धेरै अन्तरविरोध गर्नेलाई सम्झाउन सकिँदैन । पार्टी छोडेर जाने नियत भएकालाई पनि कुनै कार्यक्रमले रोक्न सकिँदैन,’ खतिवडाले भने, ‘साँच्चै इमान्दार भएर आवाज उठाउनेलाई सांगठनिक व्यवस्थापनमा अगाडि बढाउन सकिन्छ । तर कचिंगल गर्नेलाई सकिँदैन ।’

पार्टीका नेता कार्यकर्ताको बहिर्गमन रोक्नुपर्ने जबरजस्त माग र आवश्यकता पार्टीमा छ । तर, समाजवादीले यही साउन १६ गतेदेखि स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर, आवश्यक तयारी नभएको भन्दै बैठक नै स्थगित गरिएको छ । 

प्रवक्ता खतिवडा आवश्यक तयारी नपुगेर बैठक स्थगित भएको बताउँछन् । ‘नियमित बैठक  गर्नुपर्ने भएपछि तयारी नपुग्ने भएकोले तत्काल स्थगित गरेका हौं,’ उनले भने । 

पार्टी आगामी माघ फागुनमा महाधिवेशन गर्ने तयारीमा रहेकोले त्यसपछि पार्टीप्रति झन् उत्साह बढ्ने उनी बताउँछन् । ‘आगामी महाधिवेशनको तयारीमा छौं । सम्भवतः माघ फागुनमा हुन्छ होला,’ उनले भने, ‘संगठन विस्तार, वर्तमान परिस्थितिबारे एउटा निचोड निकालेर अघि बढ्छौं । महाधिवेशनपछि पार्टीले थप गति लिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x