
दुई सय करोड भारु मनी लाउन्डरिङ प्रकरणमा मुछिएकी बलिउड डान्सिङ क्वीन नोरा फतेही अदालतमा उपस्थित भएकी छन् । सुकेश चंद्रशेखरसँग ठगी प्रकरणमा जोडिएकी उनी आज दिल्लीको पटियाला हाउस कोर्टमा उपस्थित भएकी हुन् ।
यसअघि उनले दिल्ली पुलिसकोमा पुगेर बयान दिएकी थिइन् ।
२०० करोड मनी लाउन्डरिङमा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् । उनी हाल दिल्लीको जेलमा छन् ।
उनले बालिउड कलाकारलाई महँगा उपहार दिने गरेका थिए ।