×

NMB BANK
NIC ASIA

ललिता निवास प्रकरण : सर्वोच्चको फैसलापछि आईजी कुँवर र महान्यायाधिवक्ताबीच छलफल

काठमाडाैं | साउन २२, २०८०

NTC
Premier Steels

लुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे सर्वोच्च अदालतको फैसलापछि महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरबीच छलफल भएको छ । महान्यायाधिवक्ता कार्यालयमा सोमवार कुँवर र पोखरेलबीच झन्डै एक घण्टा ललिता निवास जग्गा हिनामिना प्रकरणबारे छलफल भएको हो ।

Muktinath Bank

समसामयिक विषयमा अनुसन्धान तथा अभियोजनको विषयमा नियमितजसो भेटघाट हुने गरेको महान्यायाधिवक्ता पोखरेलले बताए । 'ललिता निवास प्रकरणमा कसरी अनुसन्धान गर्ने भन्ने विषयमा उहाँहरूले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् परामर्श लिएर नै छानबिन गरिरहनु भएको छ,' पोखरेलले लोकान्तरसँग भने, 'ललिता निवास प्रकरणमा भएको फैसलाको स्कोपको विषयमा लिगल ओपिनियनबारे सामान्य छलफल भएको हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्च अदालतले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै जग्गा प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्नेहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाल लगायतमाथि अनुसन्धान गर्न बाटो खुलेको छ ।


Advertisment
Nabil box
Kumari

सर्वोच्चको आदेशपछि सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

मंसिर १३, २०८०

सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...

पुस ८, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । स...

मंसिर ३०, २०८०

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...

पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x