![पुरुषोत्तमले ल्याए तीज गीत ‘चेलीको व्यथा ४’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Pursottam_gaire_pUYNwLyeJg.jpg)
गायक पुरुषोत्तम गैरेले तीज गीत ‘चेलीको व्यथा भाग ४’ सार्वजनिक गरेका छन् । सोमवार बेलुका सार्वजनिक यो गीतलाई उनले सत्य घटनामा आधारित मर्मस्पर्शी सिर्जना भनेका छन् ।
यो गीतमा पुरुषोत्तमका साथमा धनमाया दिशुवा मगर, निर्मला मगर र खत्री सुवासको स्वर छ । गीतमा शब्द एवं संगीत पुरुषोत्तमकै हो । सुनील परियारले गीतको एरेन्ज गरेका हुन् ।
पुरुषोत्तमकै निर्देशनमा तयार भिडियोमा रक क्षेत्री, गोविन्द थापा, पिताम्बर पोखरेल, यशु भट्टराई, कृष्ण केसी, कल्पना कंडेल लगायतको अभिनय छ ।
मरुभूमि नारायणको छायांकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । पुरुषोत्तम गैरे अफिसियल युट्युबबाट गीत सार्वजनिक गरिएको हो ।