०१ साउन २०८३, शुक्रबार

टाइगर प्यालेसमा नयाँ व्यवस्थापन: पर्यटन क्षेत्र उत्साहित, रोजगारी बढ्ने अपेक्षा

भदौ १, २०८०
बुटवल
टाइगर प्यालेसमा नयाँ व्यवस्थापन: पर्यटन क्षेत्र उत्साहित, रोजगारी बढ्ने अपेक्षा

बन्द हुने अवस्था पुगेको रूपन्देहीस्थित पाँच तारे टाइगर प्यालेस रिसोर्ट नयाँ टिमले किनेर पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेसँगै यहाँको पर्यटन क्षेत्रमा फेरि आशा जागेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित उक्त रिसोर्ट कोरोना भाइरस महामारी र सञ्चालनको क्रममा देखिएका आन्तरिक विवादले अर्बौं रूपैयाँ डुब्ने अवस्थामा पुगेको थियो ।

अस्ट्रेलियन सिल्भर हेरिटेज लिमिटेडद्वारा सञ्चालित रिसोर्ट हालै अमेरिकास्थित हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले किनेको छ । टाइगर इन्भेस्टमेन्ट अमेरिकामा ‘हस्पिटालिटी’को क्षेत्रमा लामो अनुभवप्राप्त कम्पनी हो । अध्यक्ष बुद्धिसागर सुवेदीले अबको दुई महिनाभित्र रिसोर्टलाई पूर्ण रूपमा सञ्चालन गरिने बताए ।

null ‘हामी असल नियतले लगानी गर्न आएका हौँ,’ सुवेदीले भने, ‘हामीले यहाँ कमाएर अमेरिका लैजाने होइन । रिसोर्टका सबै प्रक्रिया पूरा गरी आउँदो दुई महिनाभित्र ‘फूलफेज’मा रिसोर्ट सञ्चालन गरी गैरआवासीय नेपालीहरूमा लगानी गर्ने विश्वास पैदा गर्दै प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बनाउने आशामा छौँ ।’ सिल्भर हेरिटेजमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरेर १५ मिलियन अमेरिकी डलरमा रिसोर्ट किनिएको छ । 

तर, बैंक ऋणलगायत अन्य व्यावसायिक दायित्व र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रूपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नका लागि ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको सुवेदीको ठहर छ । प्रारम्भिक अध्ययनबाट सेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिब चार अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने उनको अनुमान छ ।  रिसोर्टमा एकैपटक चारसय जनाले सेवा लिन सक्ने क्यासिनो छ । नयाँ टिमले उक्त क्यासिनो आम्दानीको प्रमुख स्रोत देखेको छ ।

null 

भारतबाट आठ किलोमिटरमात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँचसय भारतीय पर्यटक भित्र्याउने शुरूआती अपेक्षा थियो । लुम्बिनीमा घुम्न आउने पर्यटकलाई पैसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुने विश्वास लिइएको रिसोर्टका सञ्चालक दीपकदत्त गौतमले बताए ।

‘गैरआवासीय नेपालीहरूले अमेरिकामा खडा गरेको लगानी कम्पनीमार्फत एक अस्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको हो । यद्यपि, यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सिर्जना भएमा प्रचलित कानूनबमोजिम लाग्नसक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र तिर्नेछौँ,’ उनले भने । सिल्भरले पाँच अर्ब रूपैयाँ लगानी गरी पाँच वर्षअघि पश्चिम नेपालमै पहिलोपटक फाइभरस्टार होटल तिलोत्तमा–१५ कोटिहवामा सञ्चालन गरेको थियो । यद्यपि, त्यो विगत तीन वर्षदेखि आंशिक रूपमा मात्र चलेको थियो । 

null

रिसोर्टको करौडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । रिसोर्ट चल्न नसक्दा स्थानीयले रोजगार गुमाउनुका साथै सरकारको पनि करोडौंको राजस्व गुमेको थियो । बन्द भए विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि विदेशमा बस्ने गैरआवासीय नेपालीले सिल्भरबाट रिसोर्टको स्वामित्व हिमालयनले लिएको हो । ‘रिसोर्ट केही हुने होइन,’ सुवेदी भन्छन्, ‘पुरानो कम्पनीलाई रिप्लेस गरेका हौँ । सेयर होल्डर परिवर्तन गरिएको हो । यसका नयाँ सञ्चालक मसँगै दीपकदत्त गौतम, कूल आचार्य, देव भुसाल, रामजी मरासिनी लगायत रहेका छौँ ।’ 

नेपालमा वैदेशिक लगानी भित्र्याउने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन सकेको छैन । पर्यटनको राम्रो सम्भावना भएको यस क्षेत्रमा टाइगर प्यालेसजस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ जानबाट रोक्नुपर्ने सबै दायित्व हुने रूपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतम बताउँछन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्षसमेत रहेका रामप्रसादले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलेको अवस्थामा यहाँ स्टार लेबलका होटल अझै बढ्ने थिए । अब विमानस्थल सरकारले पूर्ण रूपमा चलाउन ढिला गर्न हुँदैन ।’

null

रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थानीयले थप रोजगारीका अवसर प्राप्त गर्ने निश्चित छ । ‘यहाँको स्थानीय समुदायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ सञ्चालक दीपक भन्छन् ।

रिसोर्टमाथि सरकारी जग्गा मिचेको आरोप लागिरहेको छ । यसबारे उनी स्पष्टीकरण दिँदै भन्छन्, ‘रिसोर्टले सरकारी जग्गा मिचेको भनिरहँदा यसको निर्माणअगावै सरकारी जग्गा, कुलो–नहरबापत १६ कठ्ठा जग्गा रिसोर्टको तर्फबाट सट्टापट्टा गरी उपलब्ध गराइएको छ ।’ विदेशमै रिसोर्ट खरिदबिक्री भए पनि लाग्नसक्ने कर राजस्वको दायित्व नेपालको कानूनबमोजिम दिएको म्यादभित्र तिर्ने रिसोर्टले तयारी छ । 

रिसोर्टमा निर्मित ६ वटा कोठाबाट सिधै स्विमिङ पुलमा गएर पौडी खेल्न सकिने छ । साथै, जिम क्लब, क्यासिनो, डान्स बार, चिल्ड्रेन पार्कलगायत संरचना छन् । एक हजार पाँचसय जना अट्ने ठूलो हलसहित मिनी हल पनि छन् । 

salt training

कमेन्ट गर्नुहोस्