×

NMB BANK
NIC ASIA

टाइगर प्यालेसमा नयाँ व्यवस्थापन: पर्यटन क्षेत्र उत्साहित, रोजगारी बढ्ने अपेक्षा

बुटवल | भदौ १, २०८०

NTC
Premier Steels
    • भारतबाट आठ किलोमिटरमात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँचसय भारतीय पर्यटक भित्र्याउने सुरुवाती अपेक्षा थियो । लुम्बिनीमा घुम्न आउने पर्यटकलाई पैसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुुने विश्वास लिइएको रिर्सोटका सञ्चालक दीपकदत्त गौतमले बताए ।

    बन्द हुने अवस्था पुगेको रूपन्देहीस्थित पाँच तारे टाइगर प्यालेस रिसोर्ट नयाँ टिमले किनेर पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेसँगै यहाँको पर्यटन क्षेत्रमा फेरि आशा जागेको छ ।

    Muktinath Bank

    प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित उक्त रिसोर्ट कोरोना भाइरस महामारी र सञ्चालनको क्रममा देखिएका आन्तरिक विवादले अर्बौं रूपैयाँ डुब्ने अवस्थामा पुगेको थियो ।


    Advertisment
    RMC TANSEN
    IME BANK INNEWS
    shivam ISLAND

    अस्ट्रेलियन सिल्भर हेरिटेज लिमिटेडद्वारा सञ्चालित रिसोर्ट हालै अमेरिकास्थित हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले किनेको छ । टाइगर इन्भेस्टमेन्ट अमेरिकामा ‘हस्पिटालिटी’को क्षेत्रमा लामो अनुभवप्राप्त कम्पनी हो । अध्यक्ष बुद्धिसागर सुवेदीले अबको दुई महिनाभित्र रिसोर्टलाई पूर्ण रूपमा सञ्चालन गरिने बताए ।


    Advertisment
    Nabil box
    Kumari

    null ‘हामी असल नियतले लगानी गर्न आएका हौँ,’ सुवेदीले भने, ‘हामीले यहाँ कमाएर अमेरिका लैजाने होइन । रिसोर्टका सबै प्रक्रिया पूरा गरी आउँदो दुई महिनाभित्र ‘फूलफेज’मा रिसोर्ट सञ्चालन गरी गैरआवासीय नेपालीहरूमा लगानी गर्ने विश्वास पैदा गर्दै प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बनाउने आशामा छौँ ।’ सिल्भर हेरिटेजमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरेर १५ मिलियन अमेरिकी डलरमा रिसोर्ट किनिएको छ । 

    Vianet communication

    तर, बैंक ऋणलगायत अन्य व्यावसायिक दायित्व र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रूपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नका लागि ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको सुवेदीको ठहर छ । प्रारम्भिक अध्ययनबाट सेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिब चार अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने उनको अनुमान छ ।  रिसोर्टमा एकैपटक चारसय जनाले सेवा लिन सक्ने क्यासिनो छ । नयाँ टिमले उक्त क्यासिनो आम्दानीको प्रमुख स्रोत देखेको छ ।

    null 

    भारतबाट आठ किलोमिटरमात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँचसय भारतीय पर्यटक भित्र्याउने शुरूआती अपेक्षा थियो । लुम्बिनीमा घुम्न आउने पर्यटकलाई पैसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुने विश्वास लिइएको रिसोर्टका सञ्चालक दीपकदत्त गौतमले बताए ।

    ‘गैरआवासीय नेपालीहरूले अमेरिकामा खडा गरेको लगानी कम्पनीमार्फत एक अस्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको हो । यद्यपि, यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सिर्जना भएमा प्रचलित कानूनबमोजिम लाग्नसक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र तिर्नेछौँ,’ उनले भने । सिल्भरले पाँच अर्ब रूपैयाँ लगानी गरी पाँच वर्षअघि पश्चिम नेपालमै पहिलोपटक फाइभरस्टार होटल तिलोत्तमा–१५ कोटिहवामा सञ्चालन गरेको थियो । यद्यपि, त्यो विगत तीन वर्षदेखि आंशिक रूपमा मात्र चलेको थियो । 

    null

    रिसोर्टको करौडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । रिसोर्ट चल्न नसक्दा स्थानीयले रोजगार गुमाउनुका साथै सरकारको पनि करोडौंको राजस्व गुमेको थियो । बन्द भए विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि विदेशमा बस्ने गैरआवासीय नेपालीले सिल्भरबाट रिसोर्टको स्वामित्व हिमालयनले लिएको हो । ‘रिसोर्ट केही हुने होइन,’ सुवेदी भन्छन्, ‘पुरानो कम्पनीलाई रिप्लेस गरेका हौँ । सेयर होल्डर परिवर्तन गरिएको हो । यसका नयाँ सञ्चालक मसँगै दीपकदत्त गौतम, कूल आचार्य, देव भुसाल, रामजी मरासिनी लगायत रहेका छौँ ।’ 

    नेपालमा वैदेशिक लगानी भित्र्याउने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन सकेको छैन । पर्यटनको राम्रो सम्भावना भएको यस क्षेत्रमा टाइगर प्यालेसजस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ जानबाट रोक्नुपर्ने सबै दायित्व हुने रूपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतम बताउँछन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्षसमेत रहेका रामप्रसादले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलेको अवस्थामा यहाँ स्टार लेबलका होटल अझै बढ्ने थिए । अब विमानस्थल सरकारले पूर्ण रूपमा चलाउन ढिला गर्न हुँदैन ।’

    null

    रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थानीयले थप रोजगारीका अवसर प्राप्त गर्ने निश्चित छ । ‘यहाँको स्थानीय समुदायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ सञ्चालक दीपक भन्छन् ।

    रिसोर्टमाथि सरकारी जग्गा मिचेको आरोप लागिरहेको छ । यसबारे उनी स्पष्टीकरण दिँदै भन्छन्, ‘रिसोर्टले सरकारी जग्गा मिचेको भनिरहँदा यसको निर्माणअगावै सरकारी जग्गा, कुलो–नहरबापत १६ कठ्ठा जग्गा रिसोर्टको तर्फबाट सट्टापट्टा गरी उपलब्ध गराइएको छ ।’ विदेशमै रिसोर्ट खरिदबिक्री भए पनि लाग्नसक्ने कर राजस्वको दायित्व नेपालको कानूनबमोजिम दिएको म्यादभित्र तिर्ने रिसोर्टले तयारी छ । 

    रिसोर्टमा निर्मित ६ वटा कोठाबाट सिधै स्विमिङ पुलमा गएर पौडी खेल्न सकिने छ । साथै, जिम क्लब, क्यासिनो, डान्स बार, चिल्ड्रेन पार्कलगायत संरचना छन् । एक हजार पाँचसय जना अट्ने ठूलो हलसहित मिनी हल पनि छन् । 

    hAMROPATRO BELOW NEWS
    TATA Below
    माघ ८, २०८०

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

    फागुन ३०, २०८०

    अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

    कात्तिक २४, २०८०

    मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

    कात्तिक २८, २०८०

    नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

    पुस ५, २०८०

    काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

    फागुन २९, २०८०

    एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

    आफैँ हराएको सूचना !

    आफैँ हराएको सूचना !

    बैशाख २२, २०८१

    मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

    जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

    जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

    बैशाख १९, २०८१

    २०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

    उही खाट उही घाट

    उही खाट उही घाट

    बैशाख १५, २०८१

    धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

    x