कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ज्याला मजदुरी गर्ने ३५ वर्षीय व्यक्तिको हत्यामा गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।
गत बुधवार साँझ हराएका सुन्दरको शव बिहीवार बिहान घर नजिकैको खोल्सीमा झारले छोपेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो ।
अभियुक्तद्वयले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका दुबै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानूनी कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट धारिलो फलामको सिकल र खन्ती पनि प्रहरीले बरामद गरेको छ ।
घटना भएको दिन सुन्दर साँझपख नजिकैको विद्योदय आधारभूत विद्यालयमा फुटबल हेर्न भनी घरबाट निस्केका थिए । घर फर्किनुअघि अभियुक्तहरूले नियन्त्रणमा लिएर सुन्दरको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...