३० असार २०८३, मंगलबार
ललितानिवास प्रकरण

ललितानिवास प्रकरण: माधव नेपालको निवासमै पुगेर सीआईबीले गरायो कागज

भदौ ४, २०८०
काठमाडौं
ललितानिवास प्रकरण: माधव नेपालको निवासमै पुगेर सीआईबीले गरायो कागज

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कागज गराएको छ ।

आइतवार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर कागज गराइएको सीआईबी प्रवक्ता एसएसपी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।

तर, समाजवादीका नेताहरूले भने सीआईबीले कागज गराएको कुरा स्वीकार गरेका छैनन् । 

ललितानिवास प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि कागज गराएको छ ।

भट्टराई आफैंले सीआईबीलाई जानकारी दिएर कर्तव्य पूरा गरेको बताएका छन् । 

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीको संलग्नताको अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले पूर्व प्रधानमन्त्रीहरूसँग कागज गराएको हो ।

अभियुक्तसँग बयान लिइए पनि घटनासम्बन्धमा जानकारी हुने अन्य व्यक्तिहरूसँग सोधपुछ गरेर कागज गराउने प्रचलन छ ।

बयान वा कागज केही नगर्ने तयारी नगर्ने तयारीको चौतर्फी  विरोध भएपछि अन्तत: कागज गराइएको हो ।

आइतवार नै प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले दुई पूर्व प्रधानमन्त्रीलाई कागज गराउनकै लागि एक दिन 'होल्ड' गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्