०५ साउन २०८३, मंगलबार
ललितानिवास प्रकरण

सञ्चार सचिव राउतलाई बनाइएन प्रतिवादी

भदौ ५, २०८०
काठमाडौं
सञ्चार सचिव राउतलाई बनाइएन प्रतिवादी

ललितानिवासको सरकारी जग्गा हिनामिना गर्ने काममा संलग्न रहेको भन्दै पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी नबनाउने गरी सीआईबीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै ८ सय पेज लामो प्रतिवेदन मंगलवार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । 

२९० जनालाई प्रतिवादी बनाउन सिफारिश गरिएकोमा सचिव राउतको नाम उक्त सूचीमा नरहेको सीआईबी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

‘२९० जनालाई प्रतिवादी बनाइएको छ, त्यसमा सचिव राउत हुनुहुन्न,’ सीआईबीका एक अधिकारीले लोकान्तरसँग भने । 

कागज गराइए पनि पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पनि प्रतिवादी बनाइएको छैन । 

ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै सीआईबीले सचिव राउतलाई असार २४ गते त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

सर्वोच्चको आदेशबाट उनी साउन ५ गते रिहा भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्