३० असार २०८३, मंगलबार

चन्द्रयान– ३ की मिसन डाइरेक्टर रितुः साइकलदेखि ‘रकेट वुमन’सम्म

भदौ ८, २०८०
काठमाडौं
चन्द्रयान– ३ की मिसन डाइरेक्टर रितुः साइकलदेखि ‘रकेट वुमन’सम्म
तस्बिर सौजन्य : इन्डिया डट कम ।

बुधवार छिमेकी राष्ट्र भारतका लागि विशेष दिन थियो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बन्यो । आफ्नो देशका वैज्ञानिकहरूले नयाँ इतिहास रचेसँगै विश्वका विभिन्न कुनामा रहेका भारतीयहरूले खुसी मनाएका थिइ । भारतका सञ्चारमाध्यम र जनताले उनीहरूको प्रशंसा गरेका थिए ।

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण हुनु भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश (युपी)का लागि झनै विशेष रह्यो । किनकि, भारतकी ‘रकेट वुमन’ नामले परिचित लखनाऊकी छोरी डा रितु कारिधालको काँधमा पनि सफल अवतरणको जिम्मेवारी थियो । जो उनले सजिलै पूरा गरिन् ।

बच्चैदेखि थियो चन्द्रमा र तारामा लगाब

रितुको जन्म सन् १९७५ मा लखनाऊको एक मध्यम परिवारमा भएको थियो । उनी सानोमा साइकल चढेर हिड्ने गर्थिन् । साइकल नै चढेर विद्यालय जान्छिन् । त्यहाँभन्दा ठूलो सवारीसाधन चढ्ने अवस्था त्यो बेला उनको परिवारको थिए । उनलाई बच्चैदखि सिंगो ब्रम्हाण्ड, चन्द्रमा र ताराहरूप्रति लगाब र जिज्ञासा थियो । रितुमा बच्चैदखि इसरो र नासासँग सम्बन्धित समाचार, लेख, जानकारी र तस्बिर जम्मा गरेर राख्ने सोख थियो । उनले लखनाऊ विश्वविद्यालयबाट भौतिक शास्त्रमा बिएस्सी पढेकी थिइन् । फेरि उनी एयरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर दिनका लागि आइआइएससी, बैग्लोरमा गइन् । रितुले १९९७ नोभेम्बरमा इन्जिनियरको रुपमा इसरोमा काम गर्न शुरू गरिन् ।

प्रदेशका लागि गर्वको विषय

आफ्नो शहर लखनाऊकी छोरी रितु चन्द्रयान–३ की मिसन निर्देशक मात्र बनिनन् उनले त्यो मिसन नै पूरा गरेको भन्दै अहिले उत्तर प्रदेशवासीहरू गौरवान्विक भएका छन् । इन्दिरा गान्धी नक्षत्रशालामा युपी एमेच्योर एस्ट्रोनमर्स क्लबका सदस्यबीच लन्चिङको स्क्रिनिङ गर्ने योजना रहेको वैज्ञानिक अधिकारी सुमितकुमार श्रीवास्तवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्