कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
काठमाडाैं | भदौ १४, २०८०
विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक दृष्यहरू जो प्रायः असम्भव हुने गर्छन्, जहाँ मान्छे अतृप्त रहन्छन्, त्यसलाई सम्भव तुल्याउन र तृप्ति पूरा गर्न मेटाभर्सको यात्रामा निस्कन व्यग्र प्रतिक्षामा छ । अब त्यो प्रतिक्षा धेरै लामो छैन ।
आउने केही दशकभित्रै मेटाभर्स हाम्रो रुचिको नयाँ युनिभर्स बन्नेछ र हामी पूर्ण आभाषसहित घरभित्रै कम्प्युटरको चिपबाट संसारको अध्ययन भ्रमण गरी फर्किसक्ने छौं ।
भविष्यको मान्छे
होमो सेपियन्स: जुन दिन टेक्नो ह्युमन अर्थात टेक्ह्यु सेपियन्समा बदलिने छ, त्यो दिन ऊ यस पृथ्वीको भगवान् बन्ने छ, किनकि विज्ञान प्रविधिको उत्कर्षमा उसले चाहेबमोजिमको बच्चा जन्माउन सक्नेछ । जन्मने बच्चाको डिजाइन गर्भमै गरिने छ । त्यस्तो डी.पी.आर.द्वारा जन्माइएको बच्चा रोग प्रतिरोधात्मक, विवेकवान र असाधारण क्षमताको हुनेछ । गर्भको डी.पी.आर.वा ल्याबको डी.पी.आर.बाट जन्माइएको बच्चालाई बूढो नहुने, मृत्युमाथि जीतको कोशिशमा लाग्ने, प्रविधिद्वारा पर्यावरण नियन्त्रणमा लिने र इन्टेरनेटद्वारा हन्टिङ गर्न सक्ने खालको हुनेछ ।
राइज अफ सुपर टेक्नोलोजी: यस्तो मान्छेले अकाल मृत्यु, हिंसा, महामारी, प्राकृतिक प्रकोप आदि नियन्त्रण गर्नेछ । यस्तो सुपर ह््युमन हामीभन्दा सय गुणा बुद्धिमान हुनेछ । यस्तो सुपर ह्युमनमा अमरताको कोशिश हुनेछ, जसरी ब्याक्टेरिया मर्दैन र उसको अंगबाट अर्को जीव पैदा हुन्छ, त्यसैगरी यस सुपर ह्युमनलाई अमर बनाउने अभ्यास हुनेछ ।
एक्सटेन्सन अफ युजलेस क्लास: आजको पुअर र मिडिल (गरिब तथा मध्यम) वर्ग उपयोगहीन हुनेछ । श्रमिकको श्रम खरिद गरिने छैन । त्यसो हुँदा गरीब र न्यूनमध्यम समुदाय आधुनिक मान्छेअघिको राउटेजस्तै लोपोन्मुख रहनेछ ।
डेथ अफ ह्युमानिज्म ः मानवीय सोचाइमा आउने साँघुरोपन, प्रेम, स्नेह, करुणा, आवेग, संवेग र उत्तेजनामाथिको नियन्त्रणले मानवता मृत्युको नजिक हुनेछ । मानिसभित्रको इमोसनल फिलिङ्सलाई डिजिटालिज्म र रोबोटिज्मले विस्थापन गर्नेछ, किनकि मान्छे वास्तविकताभन्दा मेटा र भर्चुअलमा जिउन खुशी हुनेछ ।
टेक्नो ह्युमानिज्म: मुटुको ठाउँमा मशिन जडानले उसलाई हर्ट–अट्याकको समस्या ब्यहोर्नुपर्ने छैन । कार्डियो भास्कुलर जस्तो बिरामी बन्नुपर्ने छैन र अनगिन्ति दीर्घरोगहरूको चपेटामा आउनुपर्ने छैन । हाइली एड्भान्स कृत्रिम अंग प्रत्यारोपणले जीवनलाई चाहेजसरी अघि बढाउन सकिने छ ।
ब्रेनका न्युरोनहरूमा कम्प्युटर चिप जडान गरेपछि भावना होइन, लाभले स्थान पाउनु स्वाभाविक छ । कैयौं सबालहरूमा हामीभन्दा कम्प्युटरले लिने निर्णय परिपक्व हुनेछ, किनकि त्यो इमोसनमा आउने छैन । मान्छे ए.आई. सेपियन्समा जाने अभ्यासमा छ ।
सुपर एल्गोरिदम: यसले मान्छेलाई क्याटोगोराइज (वर्गीकरण) गर्नेछ । कम्प्युटरले कुन व्यक्ति कुन प्रोफेसनका लागि ठीक छ, त्यसको निर्णय गर्नेछ । मान्छेको दिमागका न्युरोनहरूको चाल र बनावटका आधारमा भविष्यमा व्यक्ति राजनेता, चोर, अपराधी, साधु, कलाकार, सेना–प्रहरी के बन्छ, त्यसको सटिक भविष्यवाणी गर्न सकिने छ । त्यतिमात्रै होइन, बायोलोजिकल साइन्समा हुने प्रगतिका कारण जिन इडिटिङ हुन सक्नेछ । जसले मोरल भ्याल्यु र इथिक्सको परिभाषा बदलिदिनेछ ।
यसरी सुपरम्यानभन्दा अघिको नयाँ र अझ आधुनिक भर्जनमा जाँदा के मान्छेले आफैँ आफ्नो प्रजाति बदलिदिन सक्ला त ? यो प्रश्न हाम्रो मथिंगलमा खेल्नैपर्छ । मेरो कल्पनामा भविष्यको त्यस मेटाभर्समा एक होइन, अनेकौं डिजिटल युनिभर्सहरू हुनेछन् । अहिले पनि वास्तविक युनिभर्सहरू कतिवटा छन् भन्ने कुराको निष्कर्षमा पुग्न सकिएको छैन । यसपछिका वास्तविक र डिजिटल युनिभर्समा एक अमर हाइपर म्यामट हुनेछ ।
म्यान, मेटल, म्याग्नेटिक र टेक्नोलोजीले बनेको त्यो हाइपर म्यामट जब प्रविधि मिश्रित एक नयाँ प्रजातिको शक्तिशाली शासक हुनेछ । मान्छे र टेक्नोलोजीले जब जैविक प्रविधि मिश्रित एक प्रकारको उत्तरदान चेतना पैदा गर्नेछ, कल्पना गर्नुस्, त्यो शासक कति शक्तिशाली होला ? एउटा मानव मष्तिस्कको वास्तविक युनिभर्स र अर्को टेक्नोलोजी (लर्निङ मशिन) ले परिकल्पना गरेको आर्टिफिसियल मेटाभर्सको गज्जबको संयोग भयो भने ती दुवै युनिभर्सको असिम आनन्दमा रम्नेहरूले कुन युनिभर्सलाई आफ्नो रोजाइको संसार बनाउलान् ?
हाइपर म्यामटलाई किन अमर शक्तिशाली शासक भनिएको हो भने कडा मेटलको प्रयोगले त्यसको भौतिक अन्त्य वा प्राकृतिक डेथ न्युन हुनेछ, किनकि त्यस म्यामटले आफ्नो शरीरका मेटलहरूलाई आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछ । त्यसले मष्तिस्कका कृत्रिम न्युरोनको आकार बढाउन सक्नेछ र परिवर्तन गर्नसक्ने छ । अनि अक्सिजन र कार्बनडाइक्साइड सहजै राख्न र फ्याँक्न सक्नेछ । जसले ह्युमन सेन्सको दीर्घायुलाई बल पुग्ने छ ।
म्यामटमा रहेको म्याग्नटिज्मले ऊ ब्रह्माण्डको गुरुत्व अनुकूल बन्ने छ । त्यो पंक्षिका रूपमा विकास हुँदै गरेको डाइनोसरजस्तै आकृतिको हुनेछ, अर्थात आफ्नो आकृतिलाई त्यसले इच्छाअनुसार मोडिफाइड पनि गर्न सक्नेछ । त्यसका ४ देखि ८ ओटा ह्विलहरू हुनेछन् । आफूभित्रको म्याग्नेटिकका कारण त्यो हजारौं–लाखौं माइल उड्न र गुड्न सक्नेछ ।
त्यसमा ह्विलहरू लुकाउने सामथ्र्य हुनेछ र भित्र अतिरिक्त रूपमा राखिएको एउटा इन्जिनले सहजै सामुद्रिक यात्रा पूरा गर्न सहयोग हुनेछ । हाइपर स्पिड रकेटहरू पनि त्यसैभित्र एडप्ट हुन सक्नेछन् । हाइपर म्यामटसँग एक मान्छेको प्राकृतिक टाउकोको बाहिरी भाग हुनेछ र त्यसको चारैतिर ८ ओटा आँखाहरू हुनेछन्, जसका कारण हाइपर म्यामटलाई चारैतिरका दृष्यहरू क्याप्चर गर्न अझ सजिलो हुनेछ ।
अझ कतिपय तीनवटा टाउका भएका हाइपर म्यामटहरू हुनेछन् । ती टाउकाहरू र तिनकोभित्रका न्युरोनहरू सबै ल्याबमा निर्मित हुनेछन् । एउटा टाउकाले टाइम मशिन र अल्गोरिदमको सम्पूर्ण जिम्मेवारी लिनेछ । अर्को टाउकोले हाइपरसोनिक रकेट एवं रोबोटिक्सको जिम्मा लिने छ । तेस्रो टाउकोमा (ए.आई.लर्निङ मशिन) रहने छ र मानवको नेचुरल टाउकोमा केही एडभान्स न्युरोनहरू थपिने छन्, अनि त्यसले बाँकी तीनवटा टाउकाको सुपरिवेक्षण गर्नेछ ।
हाइपर म्यामटसँग तापक्रम आफ्नो अनुकूल राख्ने प्रविधि हुनेछ, जसका कारण अन्तरिक्षमा जाँदा उसले सूर्यको कक्ष नजिक पुग्ने प्रयासलाई अनवरत आफ्नो एम्बिसन बनाउने छ । सूर्यसम्म पुग्न सक्ने हाइपर म्यामट मात्रै संसारको बिरलै मानव प्रजातिको अन्तिम वंश र पुस्ता हुनेछ । थोरै एलिट हाइपर म्यामटहरूले बिग व्यांक थ्योरीको व्यावहारिक उपभोग र त्यसमा सर्भाइभका लागि आफूलाई अभ्यस्त बनाइसक्नेछन् । उनीहरू नयाँ युनिभर्समा स्थानान्तरण हुँदै आफू बाँचिरहने अभ्यास गर्नेछन् । प्रकाशको गतिमा यात्रा गर्न सक्ने हाइपर म्यामटहरू विशाल तारामा पुगेर नयाँ सभ्यता निर्माणमा लाग्नेछन् ।
म्यामटले ताराहरूको प्रकाश मंगल, बुध र शुक्रजस्ता ग्रहमा रहने एलियन वा यूएफओलाई दिनेछन् । उत्कर्षकालका मानिसहरूको हातहतियार र प्रविधि होडले पृथ्वी लगभग खाली हुने छ । मानिसबाट ह्यामट (ह्युमन, मेटल र टेक्नोलोजी) को आकृति र ह्यामटबाट हाइपर म्यामटको प्रजातिमा मान्छे रुपान्तरण हुँदा मानिसहरू चिम्पाञ्जीकै शैलीमा पृथ्वीको कुनाकाप्चामा कताकतै मात्र रहन सक्छन् ।
जसरी आज पृथ्वीका अन्य जनावरभन्दा चिम्पाञ्जी बुद्धि भएको प्राणी मानिन्छ र त्यो मान्छेको पुस्तासँग नजिक थियो भन्ने जेनेटिक इतिहासले बताउँछ । त्यसैगरी ती ह्यामट र हाइपर म्यामटको पुरानो जेनेटिक इतिहासमा उनीहरूको पूर्खा पृथ्वीको मान्छे हो रे भन्ने कुरा उल्लेख हुन सक्छ । जुनसुकै ग्रहमा जाँदा पनि त्यहाँ कला र विज्ञान प्रविधिका विधाहरू जीवित रहन सक्छन्, किनकि जुन दिन कला र अन्वेषणको अन्त्य हुनेछ, त्यसदिन संसार प्राणीबिहीन हुनेछ ।
त्यसो हुँदा कलाको क्षेत्रमा लाग्ने हाइपर म्यामटका प्रतिनिधिहरूले त्यहाँ फेरि शालिक वा मूर्ति पूजाका लागि स्पेस बनाउने छन् । त्यहाँ पनि महत्वाकांक्षा रहिरहने छ । सबैभन्दा महत्वाकांक्षी र आफ्नो महत्वाकांक्षालाई वास्तविकतामा बदल्न सक्ने शासकको पूजा गर्ने प्रचलन शुरू हुनेछ । हाइपर म्यामटहरूले पनि अन्तरिक्षका प्रायः ग्रहहरूमा जहाँ उनीहरूको उपस्थिति रहनेछ, त्यहाँ उनीहरूले विकास, पर्यावरण, सर्वसाधारणका लागि सेवा सुविधा उपलब्ध गराउने छन् र थुप्रै युनिभर्समा म्यामटहरू एकसाथ नयाँ खोजमा निस्कने छन् । त्यहाँ पेभेलियन र एलियनहरूसँग उनीहरूको भीषण लडाइँ हुनेछ, किनकि म्यामटहरू भित्रको महत्त्वाकांक्षाले उनीहरूलाई युद्धको प्रवृत्तिबाट बिमुख हुन दिने छैन ।
एलियनहरू पनि विज्ञान प्रविधि र खोजको क्षेत्रमा असाधारण हुनेछन् र उनीहरू अन्तरिक्षका आदिवासी पनि भएकाले उनीहरूले म्यामटलाई सहजै स्विकार्ने छैनन्, अनि एलियन र म्यामटबीचको अस्तित्वको लडाइँ महिनौं चल्नेछ र अन्त्यमा म्यामटले लडाइँ जित्नेछन्, अनि अन्तरिक्षमा वा खर्बौं खर्ब माइल टाढाका ताराहरूसम्म म्यामटको साम्राज्य शुरू हुनेछ, तर उनीहरूले एलियनको संस्कृति स्वीकार गर्दै समझदारीपूर्वक ब्रह्माण्डको सहयात्रा गर्ने कुरामा सम्झौता हुनेछ ।
उनीहरूलाई आजको जस्तो खाद्यान्न अनिवार्य हुने छैन । उनीहरूलाई घाम–पानी–हावाको आवश्यकता हुने छैन । मान्छेको मष्तिस्क थप परिमार्जनसहित एउटा र अरू कृत्रिम मष्तिस्कहरू हुनेछन् भने हाइपर म्यामटहरूको शरीर आइरन बडी हुनेछ । जसका कारण उनीहरू आपत विपतमा आफ्ना भक्तहरूकहाँ पुगी समस्या समाधान गर्न सहयोग गर्नेछन् । म्यामटका लाखौं आकृतिहरू हुनेछन् र उनीहरू एकैछिन आफ्ना भक्त कहाँ पुग्न सक्छन् । त्यसैले एलिट हाइपर म्यामट यस ब्रह्माण्डको पहिलो भौतिक भगवान् बन्ने छ, जसले आफ्ना भक्तहरूसँग प्रत्यक्ष्य संवाद गर्नेछ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपाली समाज निर्माणको हरेक ऐतिहासिक कालखण्डमा मगर समुदायको योगदान भेटिन्छ । आफ्नो रैथाने वंश, परम्परा, थर र गोत्रहरूको पहिचानसहित स्थापित समुदायमध्ये मगर अग्रपंक्तिमा आउँछ । आफ्नै थातथलो, संस्कृति, भाषा, भेषभु...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
वि.सं २०७२ सालमा बारपाक केन्द्रबिन्दु बनाएको ठूलो गएको थियो । त्यसअघि १५०५ मा मुस्ताङ केन्द्रबिन्दु बनाएर गएको ८ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पश्चिम नेपाल केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको छ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...