
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट ग्रसित पराजुलीको उपचारको क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा बिहान निधन भएको हो । पराजुलीका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
पराजुलीका कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, जन्तरमन्तर, अघोरी, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना कृति सार्वजनिक भएका छन् ।
राजनीतिक र सामाजिक विषयमा देखिएका विकृति र विसंगतिका विषय पराजुलीका प्रकाशित कृतिका मुख्य विषय छन् । जन्तरमन्तर उनको पछिल्लो प्रकाशित कृति हो ।
पराजुलीले नेपाल समाचारपत्र, राजधानी दैनिक, बाह्रखरी, आर्थिक दैनिकलगायत मिडियामा काम गरेका थिए ।