०३ साउन २०८३, आइतबार

निसानको फेस्टिभ ड्राइभ  ‘नाडा अटो शो’मा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

भदौ २८, २०८०
काठमाडौं
निसानको फेस्टिभ ड्राइभ  ‘नाडा अटो शो’मा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ विशेष छुट योजना ल्याएको छ । योजना अनुसार 'नाडा अटो शो'मा गाडी खरिद गर्नेले ८ लाखसम्म छुट प्राप्त गर्नेछन् । 

यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागू हुने कम्पनीले जनाएको छ ।​

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने पन्ध्रौं नाडा अटो शो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा विशेष छुटको योजना ल्याइएको हो ।

यो योजना नाडा अटो शो सकिएपछि पनि चाडपर्वको अवधिभरि लागू हुनेछ । फेस्टिभ ड्राइभ योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो शो’मा निसानका गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन् । 

जसमा निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाको ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्