×

डाक्टरको कथा

डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका पंकजः श्रीमतीको साथले मोफसलमा न्युरो अस्पताल सम्भव

श्रीमान्–श्रीमती नै दिन्छन् सेवा, भारतीयसमेत आउँछन् उपचार गर्न

विराटनगर | असोज ६, २०८०

आफूलाई न्युरो अस्पताल खोल्न साथ दिएकी श्रीमती डा अर्जनासँग डा पंकजराज नेपाल ।

 डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको चेलाका रुपमा उनी चिनिन्छन् । देवकोटासँगै लामो समयसम्म काम गरेको उनीसँग अनुभव छ । 

डा देवकोटाकै प्रेरणाले होला डा पंकजले बिरामीप्रति गर्ने सेवा पनि सम्झनलायक छ । घरपरिवारलाई दिने समय कटाएरै बिरामीको उपचारमा उनी लाग्ने गरेका छन् । आफूले यसरी काम गर्न सिकेको डा देवकोटाबाटै भएको डा पंकज गर्वसाथ भन्छन् । साथै, न्युरोसर्जरी विषय चयन गर्नुको श्रेय पनि उनी डा देवकोटालाई नै दिन्छन् । ‘बिरामीप्रतिको उहाँ (डा देवकोटा)को सेवा लोभलाग्दो थियो । त्यो मैले नजिकबाट नियाल्ने र उहाँसँग काम गर्ने अवसर पाएको छु,’ अतीत सम्झिँदै उनले भने ‘उहाँकै हौसला र उत्प्रेरणाले मलाई न्युरोसर्जन बनायो । अहिले उहाँ पदचाप पछ्याएर बिरामीलाई सकेको सेवा दिइराखेको छु ।’


Advertisment

यसरी भयो ‘मुलाकात’


Advertisment

पंकज कुनैबेला नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेसमा मेडिकल अफिसरको रुपमा काम गर्ने गर्थे । त्यहाँ डा देवकोटा पनि थिए ।

उनकै निरीक्षणमा डा पंकजले न्युरोसर्जरीको प्रशिक्षण गरेका हुन् । त्यहाँ डा देवकोटाले काम गरेको डा पंकजले राम्ररी नियाल्न पाए । यसबाट उनी प्रभावित भएका हुन् । पछि पंकजले बीएण्डबी हस्पिटल, ग्वार्काेबाट जनरल सर्जरीको प्रशिक्षण पूरा गरेका थिए । 

जन्मस्थान नै कर्मथलो, भारतीयलाई पनि दिन्छन् सेवा

अधिकांश चिकित्सक राजधानीकेन्द्रित भइरहेका बेला पंकज भने मोफसलमै रमाइरहेका छन् । विराटनगरमा जन्मिएका उनले त्यहीँको भूमिलाई कर्मथलो बनाएका छन् । उनले विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा आर्या न्युरो हस्पिटल खोलेका छन् । उनी त्यसका प्रबन्धक निर्देशक पनि हुन् ।

उनले आर्जन गरेको सीपले अहिले कोशी प्रदेश, मधेश प्रदेश र भारतका हजारौँ मानिसको जीवनलाई सहज बनाएको छ । पूर्वी पहाडका प्रायः सबै जिल्लाका बिरामीको गन्त्तव्य पनि अहिले आर्या नै बन्ने गरेको छ । पूर्वी नेपालका लागि न्युरो उपचार सेवाको भरपर्दाे विकल्प स्थापित भएको छ अहिले उनको अस्पताल । दैनिक औसत ३० देखि ५० जना बिरामीलाई सेवा दिँदै आएको उनी बताउँछन् । 

‘अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरूलाई देउता सम्झने गरेको छु,’ उनी भन्छन् । 

लगातार १६ घण्टाभन्दा बढी समय लगाएर बिरामीको शल्यक्रिया गरेको अनुभव पनि उनीसँग छ । जटिल खालका अप्रेसन गरेर बिरामीको होस् आउँदा आफूलाई सफलता मिलेको अनुभव हुने उनी बताउँछन् ।  

...अनि खुल्यो मोफसलमा न्युरो अस्पताल 

पहिला झापा, इलाम र नेपालगञ्जका बिरामी काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल जाने गरेका थिए ।  खासगरी टाउकोमा गहिरो चोट लागेर मस्तिष्कमा रगत जमेका बिरामी बाँसबारी जाने गर्थे । यस्ता बिरामीले चाँडै उपचार पाए बाच्न सक्ने धेरै सम्भावना हुने गर्छ । जति ढिलो अस्पताल लग्यो त्यति नै जोखिम हुने डा पंकज बताउँछन् । उनका अनुसार एकपटक झापामा दुर्घटना भएर एकजना बिरामी बाँसबारी लगेका थिए । तर त्यहाँ पुर्याउँदा ती बिरामीको ब्रेन डेथ भइसकेको थियो । ‘ढिलोगरी हस्पिटल लगेका कारणले ती बिरामीलाई हामीले बचाउन सकेनौँ, उनी भन्छन्, ‘ती बिरामीको झापामै उपचार गर्न सकेको भए बचाउन सकिने थियो ।’ इलामका एक बिरामीको अवस्था पनि त्यस्तै रहेको उनले सुनाए । 

यी दुई घटना आफूले नजिकबाट देखेपछि एकदिन डा देवकोटासँग एउटा अठोट गरेको उनी बताउँछन् । ‘मैले डा देवकोटालाई भने– सर अब म न्युरो सेवा मोफसलमा गएर बिस्तार गर्नेछु । मोफसलका बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्न बाध्य भए,’ उनले पुरानो कुरा सम्झिए, ‘सरले पनि तिमी जाउँ आफ्नै ठाउँमा गएर सेवा गर्नु भन्नुभयो । त्यसपछि सन् २०१७ मा झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा हेड अफ डिपार्टमेन्ट भएर मैले काम गरेँ ।’ 

लगातार काम गरेपछि डा पंकज डेपुटी मेडिकल डाइरेक्टर भए । उनले सन् २०२० सम्म तीन वर्ष काम गरे । ‘यहाँ आएपछि थुप्रै बिरामीको जटिल प्रकारको उपचार गरेँ । उपचारका लागि भारत जाने बिरामीको संख्या केहीहदसम्म अन्त्य भयो,’ उनी भन्छन् । 

बिरामीको उपचार गर्ने क्रममा तीनवटा विषय समावेश हुने डा पंकजको अनुभव छ । जसमध्ये चिकित्सक, बिरामीका कुरुवा र व्यवस्थापन भएको उनको भनाइ छ । तर कितपय अवस्थामा व्यवस्थापनले साथ नदिँदा अफ्ठ्यारोमा परेको अनुभव पनि उनीसँग छ । ‘उपचार गर्न आएका बिरामीलाई मैलै बचाउनुपर्ने हुन्छ । बिरामीको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, कतिपय ठाउँमा व्यवस्थापनका कारण त्यो हुन सकेको थिएन । त्यो पीडा मैले भोगेँ,’ न्युरोसर्जरीको सेप्रेट डिपार्टमेन्टमा काम गर्ने क्रममा आफूले देखेका कुरा उनले सम्झिए । 

जबसम्म न्युरोसर्जरीका लागि मात्र उपचार हुने अस्पताल बन्दैन, तबसम्म सेवा चुस्त, दुरुस्त भएर समयमै उपचार गराउन नसक्ने अवस्था हुने डा पंकजको बुझाइ छ । 

न्युरोसर्जनको रुपमा विगतमा भोगेका यस्तै तीता अनुभवपछि उनले चिकित्सकसमेत रहेकी डा अर्चनासँग मोफसलमै न्युरोसम्बन्धी अस्पताल खोल्ने योजना सुनाए । उनै डा अर्चनाको उत्प्रेरणाले आफ्नै स्थानीय ठाउँ विराटनगरमा ३ वर्षअघि आर्या न्युरो हस्पिटलको जन्म भयो । पंकज र अर्चनाले आफ्नो छोरीको नामबाट अस्पतालको नाम आर्या राखेका हुन् । 

डा अर्चना पनि चिकित्सक नै  हुन् । उनले पनि काममा डा पंकजलाई सघाइरहेकी छिन् । श्रीमान्–श्रीमती दुवै मिलेर बिरामीको सेवा गरिरहेका छन् । 

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x