मंसिर १, २०८०
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे ।
सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी मठ मन्दिर गएको सार्वजनिक भएको थिएन । अरूको घरमा दशैंको टीका लगाउने बेला प्रचण्ड परिवार दशैं मनाउन सिन्धुपाल्चोकको सुकुटे बिच जाने गर्दथ्यो ।
२०७० पछि मात्र प्रचण्ड परिवारले पहिलोपटक दशैंको टीका लगाएको विषय समाचारको ‘हेडलाइन’ बनेको थियो । त्यसपछिका दिनमा भने दशैं मनाएका तस्वीर सार्वजनिक हुने गरेका छन् ।
तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि प्रचण्डमा कतिपय विषयमा आमूल परिवर्तन आयो ।
कुनै बेला ‘महेन्द्रवादी सामन्ती’ भनेर आफैंले विरोध गरेको दौरा सुरुवालमा सजिएर राष्ट्रपति कार्यालय पुगी शपथ लिए । विस्तारै प्रसिद्ध मन्दिर र तीर्थस्थल समेत पुग्न थाले ।
पछिल्लोपटक हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर भ्रमणलाई लिएर विभिन्न कोणबाट टिका–टिप्पणी भइरहेको छ ।
उज्जैन, महांकालदेखि मानसरोवरसम्म
जेठ १७ देखि भएको भारत भ्रमणका क्रममा प्रचण्डले मध्यप्रदेशस्थित उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।
नेपाल–भारतबीचको गहिरो सांस्कृतिक र धार्मिक सम्बन्धको प्रतीक मध्यप्रदेशको उज्जैन महाकालेश्वर मन्दिर भगवान् शिवका बाह्र ज्योर्तिलिङ्गमध्ये एक मानिन्छ । गेरुवस्त्र भिरेर प्रचण्डले मन्दिरमा पूजा गरेको विषयले निकै चर्चा पाएको थियो ।
आफ्नै स्वेच्छाले प्रचण्ड उज्जैन महाकालेश्वर गएका होइनन्, ट्र्यापमा परेर जान बाध्य भएका हुन् । भारतले प्रस्ताव गरेको भ्रमण तालिकामा मन्दिर भ्रमणको सूची थियो, उनले त्यो काट्न सकेनन् ।
नेपालमा ‘हिन्दूत्व’को वकालत गरिरहेको भारतीय संस्थापन (प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी)ले सुझबुझपूर्ण ढंगले नै प्रचण्डलाई हिन्दू मन्दिर भ्रमणको तालिका बनाएको थियो । स्मरणीय छ, मोदीले काठमाडौंको पशुपतिनाथदेखि मुस्ताङको मुक्तिनाथ तथा धनुषामा जानकी मन्दिरको दर्शन गरिसकेका छन् । प्रत्येकपटक नेपाल भ्रमणमा आउँदा मोदीले एउटा न एउटा तीर्थस्थल भ्रमण गर्ने गरेका छन् ।
नेपाललाई हिन्दू धर्मसापेक्ष राष्ट्र बनाउन कोशिश गर्ने भाजपाको रणनीति रहेको जानकारहरू बताउँछन् । प्रधानमन्त्री मोदी या भाजपा अध्यक्षले सार्वजनिक रूपमा त्यसो भनेका छैनन् । तर, भाजपा नेतालाई भेटेका नेपाली नेताहरू त्यो कुराको छनक दिन्छन् । २०७२ सालमा संविधान जारी गर्ने समयमै यो प्रयास भएको संविधान लेखनमा निर्णायक भूमिका खेलेका नेताहरूले अनौपचारिक कुराकानीमा बताउने गरेका थिए ।
उत्तरप्रदेशका मुख्यमन्त्री समेत रहेका भाजपा नेता योगी आदित्यनाथलगायत केही भाजपा नेताहरूले खुलेआम नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनिरहेका छन् । मुख्यमन्त्री बन्नुअघि योगी काठमाडौं आएर हिन्दू अभियानमा सहभागी भएका थिए ।
संयोग या नियमित आकस्मिकता, उज्जैनमा महांकालको दर्शन गरेका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्केलगत्तै पशुपतिनाथ दर्शन गरे ।
माओवादी नेताहरूले खण्डन गरे पनि प्रचण्डले गरेको पशुपतिनाथ दर्शनलाई उज्जैन महांकाल दर्शनकै कडीको रूपमा व्याख्या गरियो ।
जेठ २८ गते मन्त्रिमण्डलका सदस्यहरूसँगै पशुपतिनाथ मन्दिर पुगेका प्रचण्डले श्रीखण्डदेखि रुद्राक्षको माला लगाएर ढोकाबाहिर फोटो समेत खिचाएका थिए ।
कैलाश मानसरोवरको यात्रा
सप्ताहव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार तिब्बतको ल्हासास्थित हिन्दूधर्मालम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर यात्रा गरे ।
टाउकोमा तिब्बती पहिचान झल्किने टोपी लगाएर कैलाश मानसरोवरको छेवैमा खिचिएको प्रचण्डको तस्वीर बिहीवार दिनभर सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुग्यो ।
अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउने क्रममा प्रचण्डले चीनबाट पनि नरेन्द्र मोदीलाई सन्देश दिएको हुनसक्ने भनेर पनि चर्चा हुन थालेको छ ।
‘चीन भ्रमणका बेला समेत धार्मिक स्थलमा पुग्नुले भारततिर सन्देश दिन खोजेको प्रस्टै छ,’ प्रचण्डका एक पूर्व सहकर्मीले लोकान्तरसँग भने, ‘म तिम्रो एजेन्डाभन्दा पर छैन भनेर मोदीलाई देखाउन खोजेका हुन् ।’
चीनको भूमिमा रहेको मानसरोवर भारतीय हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो । मानसरोवर जान प्रत्येक वर्ष हजारौं तीर्थयात्रीले नेपालगञ्ज–हुम्लाको नेपाली बाटो प्रयोग गर्ने गरेका छन् ।
नेपाल, भारत र चीनको त्रिदेशीय सीमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रबाट अहिले भारतले मानसरोवर जाने नयाँ बाटो बनाइरहेको छ । यो विषय नेपाल–सीमा विवादको पनि एउटा कडी हो ।
भारतमा मानसरोवरलाई चुनावी धार्मिक कूटनीतिसँग समेत जोडेर हेर्ने गरिन्छ । पाँच वर्षअघि भारतीय कांग्रेस आईका तत्कालीन अध्यक्ष राहुल गान्धी नेपाल हुँदै मानसरोवर गएको विषय निकै चर्चा भएको थियो ।
नेकपा माओवादी केन्द्रका सचिव गणेश साह चीन जाने पाहुनालाई मानसरोवर घुमाउने चिनियाँ रणनीतिअनुसार नै प्रचण्डको भ्रमण भएको बताउँछन् ।
‘भारत र नेपालको संस्कृतिलाई जोड्न चीनले कैलाश मानसरोवर यात्रालाई प्राथमिकता दिएको जस्तो लाग्छ,’ माओवादी प्रतिनिधि मण्डलको रूपमा केही महिनाअगाडि मानसरोवर पुगेका साहले लोकान्तरसँग भने ।
गणतन्त्रसँगै नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने वकालत गरेका प्रचण्ड तीर्थाटनमा लागेकोमा हिन्दूवादीहरू भने उत्साही देखिन्छन् ।
मोदीलाई खुशी पार्नकै लागि प्रचण्ड मानसरोवर गएको तर्कप्रति साह सहमत छैनन् ।
‘महाकालेश्वर मन्दिर भ्रमण गरेको विषयलाई कैलाश मानसरोवर यात्रासँग जोडेर हेर्नु आवश्यक छैन । धर्मसंस्कृति माने पनि मोदीले चाहेजस्तो हिन्दूत्वको पक्षमा नेपालका कुनै कम्युनिस्ट पार्टी या प्रचण्ड सहमत होलान् जस्तो लाग्दैन,’ साहले थपे ।
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
२०८० कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । ल्यापटपमा केही जरुरी काम गरिरहेको थिएँ । साथी गगन अर्यालको फोन आएपछि तत्कालै समा...
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारवि...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...